मनमोहनले थालेका समृद्धिको अधुरा काम यो सरकारले पूरा गर्छ : प्रम ओली

१३ बैशाख २०७६, शुक्रबार ०६:५५ प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीले नेपालमा विकासको नयाँ मोडल सुरु गरेको बताएका छन् ।

पूर्वा प्रधानमन्त्री एवं तत्कालिन नेकपा(एमाले)का अध्यक्ष मनमोहन अधिकारीको २० औं स्मृति दिवसका अवरमा आज सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

मनमोहनले सुरु गरेको ‘आफ्नो गाउँ आफै बनाऔँ’ कार्यक्रम नेपालका लागि नौलो विकासको मोडल भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “मनमोहन अधिकारीले विकासको नयाँ मोडेल, सामाजिक सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, कानुनी राज सुरु गर्नुभयो,” प्रधानमन्त्री ओलीले भने, “उहाँले थालेका अधुरा कामहरु वर्तमान सरकारले पूरा गर्छ ।”

प्रधानमन्त्री ओलीले मनमोहनका पालामा द्वन्द्व र राजतन्त्र फर्काउने दुईखाले चलखेल सुरु भएको बताए । “उहाँले ती समस्यालाई सजिलै समाधान गर्नुहुन्थ्यो तर उहाँसँग समय रहेन,” प्रधानमन्त्री ओलीले भने “वहाँको उतराधिकारीको रुपमा हामीले १२ बुंदे सम्झौतामार्फत द्वन्द्वको समाधान ग¥यौँ र राजतन्त्र सदाका लागि विदा ग¥यौँ ।”

प्रधानमन्त्री ओलीले मनमोहनले विकास र समृद्धिका लागि त्यती बेलै धेरै काम गर्न खोजेको बताउनुभयो ।

“उहाँले सुरु गरेको विकास र समृद्धिका योजना हामी पूरा गर्छौँ,” प्रधानमन्त्री ओलीले भने ।

१३ बैशाख २०७६, शुक्रबार ०६:५५  मा प्रकाशित

Write your Comment