श्रीलङ्काका यी विभत्स तस्बिरको वास्तविकता

१३ बैशाख २०७६, शुक्रबार ०६:५७ प्रकाशित

पछिल्ला दुई दिनदेखि मानवीय त्रासदीका केही विभत्स तस्बिर सोसल मिडियामा सेयर गर्दै यो श्रीलङ्कामा भएको श्रृङ्खलाबद्ध बिस्फोटपछिका दृश्य भएको दाबी गरिँदै छ ।
यी तस्बिरलाई ट्विटर र फेसबुकबाहेक सेयरच्याट एपमा पनि सयौं पटक सेयर गरिएको छ ।
यसै दाबीका साथ यी तस्बिरलाई ह्वाट्सएपमा पनि सर्कुलेट गरिएको बीबीसीले पत्ता लगाएको छ ।
तर यी भाइरल तस्बिरबारे जब बीबीसीले अनुसन्धान गर्यो तब यी सबै श्रीलङ्काको पुरानो तस्बिर भएको जसको हालैको बम बिस्फोटसँग कुनै सम्बन्ध नभएको पाएको छ ।

१३ बैशाख २०७६, शुक्रबार ०६:५७  मा प्रकाशित

Write your Comment