वार्नर र राशिद चम्किएपछि पंजाब हैदराबादसँग ४५ रनले पराजित

१७ बैशाख २०७६, मंगलवार ०२:४१ प्रकाशित

डेविड वार्नरको अर्धशतक र लेग स्पिनर राशिद खानको बलिङ्को सहयोगमा सनराइजर्स हैदरबादले जारी ईण्डियन प्रिमियर लिगमा सोमबार किङ्स इलेभेन पंजाबलाई ४५ रनले पराजित गर्दै प्लेअफको यात्रामा कदम बढाएको छ।

वार्नरले यसक्रममा ५६ बलमा ७ चौका र दुई छक्काको सहयोगमा ८१ रन बनाएका थिए। यस्तै हैदराबादलाई २१२ रनको स्कोर बनाउनका लागि यसक्रममा मनिष पाण्डेले ३६ तथा ऋदिमान साहाले २८ रनको योगदान दिएका थिए।

यस खेलमा पंजाबका लागि मोहम्मद शामी र रविचन्द्रन आश्विनले दुई–दुई विकेट लिएका थिए ।

जितसँगै हैदराबाद १२ अंक जोड्दै लिगको चौथो स्थानमा कायम रहेको छ। यस्तै पंजाबको १० अंक रहेको छ।

जवाफी ब्याटिङ पछ्याउन आएको पंजाबले ८ विकेटको क्षतिमा १६७ रन मात्रै बनायो।

यसक्रममा केएल राहुलले ५६ बलमा ७९ तथा मयंक अग्रवालले १८ बलमा २७ रन जोड्नुका अलावा अन्य ब्याट्सम्यानले निराशाजनक प्रदर्शन गरे । हैदराबादका लागि राशिद खान र खलील अहमदले समान ३-३ विकेट लिए।

१७ बैशाख २०७६, मंगलवार ०२:४१  मा प्रकाशित

Write your Comment