बारा बैशाख
स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय निकायका आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको संरक्षण गर्ने अधिकार वडा,गाउ र नगरलाई नै दिएको छ । तर स्थानीय निकाय भने यसतर्फ सचेत भएको देखिदैन । बारा जिल्लाका केही स्थानीय तहमा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने गिरोह सक्रीय भएर लागेको भन्दै त्यसको संरक्षण गर्न जितपुर सिमराका मेयर संग स्थानियले माग गरेका छन । सार्वजनिक जग्गामा भुमाफियाले चलखेल गरेपछि रेडियो सिमराले जितपुर सिमरा उपमहानगरपालिका वडानम्बर २ को कार्यालय आयोजना गरेको सार्वजनिक जग्गामा भु माफियाको चलखेल र संरक्षणका चुनौती बिषय जनसरोकार रडियो बहस कार्यक्रममा स्थानियले यस्तो गुनासो गरेका हुन । कार्यक्रममा सिमराका स्थानिय अगुवा एवंम पुर्व सिमरा गबिसका अध्यक्ष भोला अधिकारीले सार्वजनिक जग्गा संरक्षण गर्न नगरप्रमुख लाई आग्रह गर्नु भयो उहांले यस्तै अवस्था रहे जितपुर सिमरा भित्र सार्वजनिक जग्गा नै नरहने जिकिर गर्नु भयो । त्यसै गरी जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ का सदस्य क्यामुदिन अन्सारीले रकमको लोभमा परेर वडा अध्यक्षले सिफारीस गर्दा समस्या आउनेगरेको उल्लेख गदै यस्ता अध्यक्षलाई कार्यवाहि गर्नु पर्ने बताउनु भयो । त्यसैगरी सिमराका युवा अगुवा हिरा बस्नेतले २०७३ सालमा सार्वजनिक पर्ती देखिएको जग्गा आजका दिन सम्म आई पुग्दा ब्यक्तिको नाममा गएको भन्दै त्यसको प्रमाण समेत पेस गर्नुभयो । हरी थपलियाले उधोगले सिमसार क्षेत्र मासेकोले त्यसलाई कार्यवाही गर्नु पर्ने कुरामा जोड दिनु भयो । स्थानियले उपमहनगरपालिका भित्ररहेका सयौ बिघा सार्वजनिक जग्गा भु माफियाले ब्यक्तिको नाममा दर्ता गर्न चलखेल गरीरहेको भन्दै त्यसमा एक्सन गर्न उपमहानगर प्रमुख कृष्ण पौडेललाई आग्रह गरेका छन ।
कार्यक्रममा बोल्दै नगर प्रमुख डा.कृष्ण पौडेल सार्वजनिक ऐलानि पर्ती जग्गा कुनै पनि हालतमा ब्यक्तिको नाममा जान नदिने प्रतिबद्धता ब्यक्त गर्नु भयो उहाले पथलैयाको जग्गा बिबाद समाधान गरेर चलन चल्तिमा ल्याउने बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै मालपोत कार्यालय सिमराका प्रमुख यादब राज आचार्यले स्थानिय सरकार संग सहकार्यगरेर आफु अगाडि बढने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।उहाले कानुन बिपरीत ब्यक्तिको नाममा गएका सार्वजनिक जग्गाको लगत स्तानिय तहसंग सहकार्य गरेर खारेज गरीने स्पष्ट पार्नु भयो ।
त्यसैगरी भुमि अधिकार मञ्चकी कुल कुमारी आले मगरले आफुहरुका समस्या तिनै तहका सरकार मिलेर समाधान गरीदिनु पर्ने बताउनु भयो ।
रडियो सिमराका कार्यकारी निर्देशक मनोज पौडेलले सार्वजनिक जग्गा भु माफियाहरुले ब्यक्तिको नाममा ल्याउन चलखेल गरेकोले सबैलाइ सचेत गराउन जनसरोकार रेडियो बहस कार्यक्रमको आयोजना गरीएको प्रष्ट पार्नु भयो ।
सिता अधिकारीको सहजिकरणमा सम्पन्न कार्यक्रममा पुर्व भवानिपुर जितपुर गाबिसका पुर्व अध्यक्ष देब नारायण चौधरी,जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष हिरा बहादुर गुरुगं,१९ का अध्यक्ष सुदन दास तत्मा,कार्यपालिका सदस्य सुधद्रा न्यौपाने,वडा सदस्यहरु रामदास ध्वजु,धन बहादुर श्रेष्ट,राम चन्द्र लामा,चिनीमाया परीयार,समाज सेबिहरु तारा बहादुर कार्की,हरी थपलिया,रमेस सापकोटा,पेसल मुल्मी,पुर्ण चन्द्र तिमल्सिना,रबिन्द्र खकुरेल,छबि सर्मा,रमेश सापकोटा,मन्जु बानिया,हिरा बस्नेत,उद्धब गौतम,इश्वर थपलिया,गोपाल सापकोटा,लक्ष्मि आचार्य,आरिफ हुसैन,इम्तियाज अंसारी सन्चारकर्मीहरु बिदुर खडका,प्रकास लम्साल,सारदा पोखरेल,कृष्ण सिग्देल कार्यक्रम समुहाका सत्य श्रेष्ठ,अनिल तिवारी,तुलसा घिमिरे,लगायतको सभागितारहेको थियो । जन सरोकार रेडियो बहस कार्यक्रम तपाईले मंगलबार आज ६.३० बजे र पून प्रसारण बुधबार बिहान ८ बजे सुन्न सक्नु हुनेछ ।