राधाकृष्ण भगवान सेवा समिती सिमराको दोस्रो साधारण सभा सम्पन्न ।

१८ जेष्ठ २०७६, शनिबार १७:०२ प्रकाशित

बारा १८ जेष्ठ
बाराको सिमरामा रहेको राधाकृष्ण भगवान सेवा समितीको दोस्रो साधारण सभा आज सिमरामा समम्पन्न भएको छ । सभाको उद्धघाटन जेष्ठ नागरीक रेणु न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै पिपरासिमरा गाबिसका पुर्व अध्यक्ष भोला अधिकारीले धर्म र संस्कृतीको संरक्षण सबै मिलेर गर्नु पर्ने कुरामा जोड दिनु भयो । त्यसैगरी कार्यक्रमलाई सम्बोधन गदै नेकपाका नेता एवंम समाजसेबि मनोज पौडेलले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ को ऐतिहांसिक र आस्थाको धरोहर राधाकृष्ण मन्दिरलाई पर्यटकिय स्थलको रुपमा बिस्तार गर्न बृहत्तर गुरुयोजना निर्माण गरेर अघि बढनु पर्ने कुरामा जोड दिदै तिनै तहको सरकारले सहयोग गर्नु पर्ने बताउनु भयो । त्यसैगरी कार्यक्रममा बोल्दै जनहितका अध्यक्ष अमृतलाल श्रेष्टले आफनो तर्फ बाट सहयोग गर्न तयार रहेको जानकारी दिनु भयो ।
सभालाई सम्बोधन गदै कार्यपालिका सदस्य सोभा कार्कीले आफनो तर्फ बाट एक महिना बराबरको पारीश्रमिक सहयोग गर्ने घोषणा गर्नु भयो । त्यसैगरी वडा सदस्य धनबादुर श्रेष्ठले २ महिना बराबर पारीश्रमिक दिने घोषणा गर्नु भएको थियो । समितीका अध्यक्ष अच्युतदेब सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रको स्वागत केसब त्रिपाठी र सहजिकरण गोपि अधिकारीले गर्नु भएको थियो । कार्यक्रममा मधुसुधन सिटौला,कमला धिमिरे,राधा देबि साह,राजेन्द्र गौतम,सन्तोष कार्की लगायतको उपस्थिती रहेको थियो । सभाले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष तिलक श्रेष्ठको संयोजकत्वमा १५ सदस्यि सल्लाहकार समिती गठन गरेएको छ ।

१८ जेष्ठ २०७६, शनिबार १७:०२  मा प्रकाशित

Write your Comment