राजूतमा सिफारिसहरुको संसदिय सुनुवाइ शुरू

४ असार २०७६, बुधबार १०:५७ प्रकाशित

काठमाडौं,४ असार
सरकारले चार देशका लागि राजदूत नियुक्त गर्न भन्दै सिफारिस गरेका व्यक्तिबारेको सुनुवाई प्रक्रिया शुरू भएको छ ।
संसदीय सुनवाई विशेष समितिको बुधबार बिहान बसेको बैठकले राजदूत प्रस्तावित चारजना विरुद्ध कुनै उजुरी गर्न १० दिनको समय दिने निर्णय गरेको नेकपाका सांसद योगेश भट्टराईले जानकारी दिनु भयो ।
जेठ २३ गते बसेको मन्त्रिपरिषद बैठकले बंगलादेशका लागि डा.वंशिधर मिश्र, कतारका लागि डा.नारदनाथ भारद्वाज, अस्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका लागि दावा फुटी शेर्पाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

४ असार २०७६, बुधबार १०:५७  मा प्रकाशित

Write your Comment