सकियो नेकपाकाे सचिवालय बैठक, के–के भयो निर्णय ?

७ असार २०७६, शनिबार १८:५१ प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बसेको सचिवालय बैठक सकिएको छ ।
शनिबार बालुवाटारमा बसेको नेकपा बैठकले राजनीतिक प्रतिवेदनलाई सम्पादनका लागि पठाउने निर्णय गरेको महासचिव बिष्णु पौडेलले जानकारी दिनुभयो । एकता प्रक्रिया छिटो टुङ्गयाउने बिषयमा छलफल भएपनि कुनै निर्णय भने नभएको नेताहरुले बताएका छन् ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो युरोप भ्रमणको बिषयमा पार्टी नेतृत्वलाई विफ्रिङ गर्नुभएको थियो । केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुङ्गो लगाउन भनेर बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे बिफ्रिङ गराएको वरिष्ठ नेता बामदेव गौतमले जानकारी दिनुभयो ।

७ असार २०७६, शनिबार १८:५१  मा प्रकाशित

Write your Comment