समाजबादको बाधक दलाल पुजिबाद— वक्ताहरु

११ श्रावण २०७६, शनिबार २१:३४ प्रकाशित

बिरगंज ११ साउन ।
पुष्पलालको ४१ औ स्मृति दिवस र बि.पी कोइरालाको ३७ औ स्मृती दिवसको सन्र्दभ पारेर बीरगंजमा नेपालमा समाजवाद एक बिमर्श बिमर्श बिषय गोष्ठी सम्पन्न भएको छ । पाठशाला बीरगंज स्टडी सेन्टरको आयोजनामा भएको कार्यक्रममा समाजवादका बिषयमा गम्भिर बिमर्श भयो ।
नेपालका शोषीत पीडित श्रमजीवी जनताको आर्थिक जीवनमा परिर्वतन नआउदा सम्म समाजवाद नआउनेमा वक्ताहरुले जोड दिए ।
उनीहरुले राज्यको दलाल नोकरशाही पूजीवादी चरित्र समाजवाद निर्माणको अवरोधक भएको बताए । समाजवाद प्रति प्रतिवद्ध सम्बिधान बनाएपनि मुलुकको राजनीतिले त्यो दिशा समात्न सकेन । राजनीति नेतृत्वले सिद्धान्त अनुसारको ब्यवहार देखाउन सकेन ।
सिद्धान्त र ब्यवहार वीचको बेमेलका कारण समस्या पैदा हुदै छ । अर्को तर्फ नागरिकले समेत आफनो दायित्व बिर्सिएकाले पनि अवस्था बिग्रदो छ ।
यस्तोमा समाजवादी सिद्धान्त बोकेको सरकारले ति समस्याहरुलाई हल गर्ने ठोस नीति लिनु पर्नेमा नेकपाका स्थायी समिति सदस्य घनश्याम भूषालको जोड थियो । उहांले भन्नु भयोे सिमान्त श्रमजीवी बर्गको जीवनस्तर माथि उठनै पर्छ तव मात्र समाजवादका अनुभूती गर्ने दिन आउछ ।
नेपाली कांग्रेसका नेता प्रदीप गिरीले पाँच वर्षमा एक पटक भोट हालेर कानमा तेल हाल्ने नागरिक पनि बेथितिपूर्ण अवस्थाकोलागि जिम्मेवार भएको बताउनु भयो । उहांले भन्नु हामी त पाँच वर्षमा एक पटक आउछौ मासु चिउरा ख्वाउछौ तपाई महान भन्छौ ढोग्छौ जान्छौ त्यसो गर्दा तलव पनि पाएकै हुन्छौ हामीलाई त राम्रै भएको छ तर जनतालाई राम्रो हुन सकेन ।
नेपाल कृषि प्रधान देश भनिन्छ । कृषिमाथिको निर्भरता अझै पनि ६३ प्रतिशत रहेको छ । कृषि पेशालाई सम्मानीत पेशाको रुपमा पनि हेरिदैन । श्रमलाई सम्मान गर्ने संस्कृतिको पक्षधर कम्युनिष्टकै सरकार मुलुकमा हुदा समेत कृषि पेश सम्मानीत त भएन नै किसानले राज्यका तर्फबाट पाउनु पर्ने सुविधा समेत पाएनन ।
कृषिको आधुनीकीकरणको कुरा त परै जाओस । निर्वाहमुखी कृषिले अव आफूलाई पनि खान नपुग्ने अवस्था आएको छ । शिक्षामा त्यस्तै छ । एक पटक शिक्षकको नियुक्ति लिएपछि शिक्षकले पढन छोडने भएकोले शिक्षामा पनि गुणात्मक बिकास भएन । नेकपाका अर्का नेता रामकार्कीले किसानलाई प्रमाणपत्र जारी गर्ने र त्यसैलाई धरौटी राखेर पैसा दिने ब्यवस्था ल्याउनु पर्नेमा जोड दिनु भयो । किसानको सहभागितामा किसानलागि जुन दिन नीति बन्छ त्यो दिन हामी समाजवाद तर्फ जादैछौ भनेर बुझ्दा हुन्छ कार्कीको भनाइ थियो ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्यहरु नागेन्द्र चौधरी,दिनेस राइ,पुर्व मन्त्रि पुरुषोत्तम पोडेल,नेपालि कांग्रेसका केन्द्रिय सदस्य रमेस रिजाल,ुंबिधान सभाका सभासदहरु बिचारी यादब,जय प्रकास थारु,राजकुमार गुप्ता,नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देल,नेका पर्साका सभापति अजय दिबेदि लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम पाठशाला बीरगंज स्टडी सेन्टरका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

११ श्रावण २०७६, शनिबार २१:३४  मा प्रकाशित

Write your Comment