भारतीय कम्युनिस्ट पार्टीका नेता यचुरी गिरफ्तार

२४ श्रावण २०७६, शुक्रबार १५:२४ प्रकाशित

एजेन्सी
भारतीय मार्क्सवादी कम्युनिष्ट पार्टीका महासचिव सीताराम येचुरी र नेता डी.राजालाई श्रीनगर एयरपोर्टमा गिरफ्तार गरिएको भारतीय मिडियाले जनाएका छन ।
महासचिव येचुरी र नेता डी. राजाले जम्मु- कश्मीरको राज्यपाल सत्यपाल मलिकलाई गत विहिबार पत्र लेख्दै उनीहरु श्रीनगर प्रस्थान गरेका थिए । उनीहरु जम्मु- कश्मीर राज्यका विरामी पार्टी नेता र उनको परिवारसँग भेटघाट गर्न श्रीनगर विमानस्थलमा ओर्लनासाथ सुरक्षा निकायले हिरासतमा लिएको हो ।
सिपीआइएम विधायक एमवाइ तारिगामीको स्वास्थ्य स्थिती बुझ्न र पार्टी कार्यकर्तासँग भेटघाट गर्न श्रीनगर गएको अवस्थामा उनीहरुलाई हिरासतमा लिएकाेमा माकपाले विरोध जनाएको छ ।
येचुरीले राज्यपाल मलिकलाई सुचित गर्दै श्रीनगर जाँदा सुरक्षा निकायले हिरासतमा लिनु गलत रहेको जनाएका छन ।
गत सोमबार देखी जम्मु-कश्मीरमा संविधानको अनुच्छेद ३७० खारेज गर्दै धारा १४४ लागु भएको अवस्थामा उनीहरुलाई हिरासतमा लिइएको हो ।

२४ श्रावण २०७६, शुक्रबार १५:२४  मा प्रकाशित

Write your Comment