बिरगञ्ज ११ भाद्र
राष्ट्रिय जनता पार्टीले बिरगञ्जमा महानगरपालिकाका प्रमुख बिजय सरावगगिका बिरुद्धमा रयाली निकाल्दै बिरगञ्जको बिकासको बाधक सरावगी भएको बताएको छ । रयालीमा मच्छरको शरीरमा सरावगीको टाउको जोडेर पोष्टर तयार गरीएको थियो पोष्टरमा बिरगञ्जलाइ सत्य नास गर्ने मच्छर यही हो, आउ बिरगञ्जलाइ यो मच्छर बाट बचाउ लेखिएको थियो । राजपाले यो पोष्टर र झण्डा ब्यानर सहितको रयालिलाई बिरगञ्ज बजार परीक्रमा गराएको थियो । सो रयालि पछि बिरगञ्जमा बिभिन्न टिका टिपणी भइरहेका छन कतिपयले लोकतन्त्रमा यस्ता बिरोधका शैलि हुनु सामान्य भएको बताइरहेका छन भने कतिपयले राजनैतिक प्रतिशोधका कारण गरीएको बिरोधको शैलि ब्यक्तिगत चरीत्र हत्या गर्ने खालको भएको बताएका छन । बिरगञ्जका बुद्धिजिबीहरुले स्थानिय सरकारको मुल्यांकन गर्ने समय भइ नसकेको बताएका छन । बिकासका कामले बिस्तारै तिब्रता लिन लागेको अवस्थामा यो खालको बिरोध हुनु काम गर्न नदिने षडयन्त्र भएको उनिहरुको भनाई छ । बिरगञ्जका बुद्धिजिबी एवम समाजसेवि डा. दिपक शाक्यले महानगरपालिकाको काममा चित्त नबुझेमा आफना धारणा वा योजना राख्न डेलिगेशन जाने र खवर दारी गर्न सकिने तर यस्ता खालका पोष्टर प्रर्दशन गर्नु राजनैतिक संस्कार भित्र नपर्ने स्पष्ट पार्नु भयो ।
यसै बिच कामना खवर संग संक्षिप्त कुरा गदै बिरगञ्ज महानगरपालिकाका प्रमुख बिजय सरावगिले राजपाले किन यस्तो गरेको हो आफुले नबुझेको बताउनु भयो । उहांले महानगरको बिकासले तिब्रता लिइरहेको अवस्थामा बिरोध सुरुगरीएको उल्लेख गर्नु भयो । प्रमुख सरावगिले महानगरका बिरुद्ध नभएर राजनैतिक प्रतिशोधकका कारण मेरो चरीत्र हत्या गर्ने उद्धेश्यले त्यस्तो खानको पर्दशन गरीएको बताउनु भयो । यस्ता खालका गतिबिधी राजनैतिक संस्कार भित्र नपर्ने उहांको भनाई थियो । बिरगञ्ज महानगरको बिकास सबैले मिलेर गर्न सकिने उल्लेख यदी उहांहरु बिकास प्रति चिन्तित हुनुहुन्छ भने नगरमा राजपाका निर्वाचीत प्रतिनिधी मार्फत महानगरको बिकासका लागि छलफल,सम्बाद र सहकार्य गरेर अगाडि बढन आफु सधै तयार रहेको प्रमुख सरावगिले स्पष्ट गर्नु भयो । आफुले महानगरमा कुनै अनियमितता नगरेको स्पष्ट गदै देखाउन चुनौति दिनु भयो ।