वाताबरण बिभागलाई किन प्रदुषण मापन यन्त्र फिर्ता लैजान भने नेकपाका युवा नेता पौडेलले /

९ आश्विन २०७६, बिहीबार १३:४५ प्रकाशित

बारा ९ असोज
नेकपाका युवा नेता मनोज पौडेलले वाताबरण बिभागमा आज पत्र लेख्दै सिमरामा राखिएको प्रदुषण मापन यन्त्र सिमरा बाट बिभागमा फिर्ता लैजान आग्रह गरेका छन । जितपुरसिमरा लाई प्रदुषण मुक्त बनाउने अभियानमा लामो समयदेखि लागि रहेका सामाजिक अभियान्ता समेत रहेका पौडेलले सिमरामा वाताबरण बिभागले जडान गरेको प्रदुषण मापन यन्त्रमा सिमराजितपुर क्षेत्रको पनि प्रदुषणको अवस्था मापन गर्ने ब्यावस्था गर्न बिभाग संग पटक पटक आफुहरुले आग्रह गर्दा पनि बिभागले कुनै सुनवाई नगरेको कारणले सो यन्त्र बिभाग मै फिर्ता लैजान आग्रह गरेको पत्रमा उल्लेख गरीएको छ । आज बिभागमा प्रेसित गरीएको पत्रमा एक हप्ता भित्र सो ब्यवस्था न गरे स्थानियले नै हटाइदिने पत्रमा उल्लेख छ ।
सिमरामा जडान गरीएको यन्त्रमा धनगढी,पोखरा,सुर्खेत,नेपालगञ्ज,भक्तपुर र धनकुटामा भएको प्रदुषण मापन गर्छ तर सिमरा मै जडान गरीएको यन्त्रले जितपुर सिमराको प्रदुषण मापन गर्ने ब्यवस्था नै गरीएको छैन । हामिले पटक पटक बिभागलाई मौखिक रुपमा आग्रह गयौ तर कुनै सुनवाई भएन आज बाध्य भएर पत्राचार गर्नु परेको छ सामाजिक अभियान्ता पौडेलको भनाइ छ । यस्तै स्थीती रहयो भने प्रदुषणका कारण दश बर्ष पछि जितपुर सिमरामा जन्मिने कुने पनि शिसु सवलांङ्ग न जन्मीने उहांले ठोकुवा गर्नु भयो ।
सिमरामा रहेका अत्यधिक प्रदुषण गर्ने उधोगहरुले सिमराको प्रदुषण मापनको ब्यावस्था नगर्न बिभागमा दबाब दिने गरेको श्रोतले बताएको छ ।
यसै बिच आफुले पठाएको पत्र बारे बिभागका निर्देशक भुपेन्द्र शर्मालाई जानकारी गराएको र छिटै ब्यवस्था गरीने शर्माले बताउनु भएको छ । जितपुरसिमराको पनि प्रदुषण मापनको ब्यावस्था गर्न पहल भइरहेको नगर प्रमुख कृष्ण पौडेलले बताउनु भयो

९ आश्विन २०७६, बिहीबार १३:४५  मा प्रकाशित

Write your Comment