बारा २९ असोज
सानाकिसान कृषि सहकारी सस्था लि इनवासिराको १३ औ साधारण सभा इनर्वासिरामा सम्पन्न भएको छ । सभाको उद्घाटन प्रदेस नम्बर २ का सदस्य सुन्दर बिस्वकर्माले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रदेस सभा सदस्य बिकले सरकारले कृषि क्षेत्रको आधुनिक र ब्याबसायिकरण गरेर किसानको मुखमा खुसी ल्याए मात्र मुलुक समृद्ध बन्ने उल्लेख गर्दै फौजी किराले बारा जिल्लाका किसान आक्रान्त बनेकोले सरकारले राहतको प्याकेज ल्याउनुपर्ने माग गर्नु भयो । त्यसैगरी कार्यक्रममा बोल्दै जितपुरसिमरा उपमहानगरपालिकाकि उपप्रमुख सरस्वती देबि चौधरीले नगरपालिकाको साधन र श्रोतले भ्याएसम्म बिकास निर्माणलगाएत का काम गरिएको जानकारी दिनु भयो ।कार्यक्रममा बोल्दै समाजसेबी मनोज पौडेलले सरकारले किसानका समस्या समाधान गरेर कृषिलाई आधुनिकिकरण गर्नु पर्ने र किसानले लगाएको अनाज मा समय समयमा रोगलागेर अप्ठ्यारो पर्ने भएकोले सरकारले पीडितकालाइ विशेष राहत प्यकेह ल्याउनु पर्ने कुरामा जोड दिनु भयो ।वडा नम्बर १९ का अध्यक्ष सुदन दास तत्मा,सानाकिसान कृषि सङगका जिल्ला अध्यक्ष मिस्री लाल सहनी,सानाकिसान डुमरबनाका अध्यक्ष बिस्वनाथ लामिछाने,फत्तेपुरका अध्यक्ष कन्यैया लाल चौधरी,सनाकिसान मनहर्वाका प्रबन्धक पुष्पराज खतिवडा ,जिल्ला कृषि ज्ञान केन्द्रका बाराका प्रतिनिधि राजनारायण प्र साह,सानाकिसान डुमरबानाका प्रबन्धक नारायण क्षेत्री,छातापिपराका प्रबन्धक जितेन्द्र चौधरी,परसौनाका जितेन्द्र पजियार लगाएतले सभा सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।कार्यक्रम सन्जिला खातुनको सभापतित्वमा भएको थियो भने सहजिकरण झपेन्द्र बरालले गर्नु भएको थियो।सभामा अध्यक्षको तर्फबाट क्रान्ती पनेरुले सस्थाको प्रतिबेदन पेस गर्नु भएको थियो । १२६९ महिला सदस्य रहेको सस्थाको १ करोड ३८ लाख ८८हजार ५ सय चुक्ता शेयर पुजि रहेको सस्थाले ५१ लाख ३५ हजार नाफा गरेको सस्थाका प्रबन्धक झपेन्द्र बरालले जानकारी दिनु भयो ।