वीरगंज ३कार्तिक
नेकपाका बरिष्ठ नेता तथा पुर्ब प्रधानमन्त्री माधब कुमार नेपाललले सबै मिलेर बिकास र समृद्धीको बाटोमा एक भएर लाग्नुपर्ने बताउनुभएको छ । बिरगंजलाई नेपालकै महा औद्योगिक नगरी बनाउन सकिने कुरामा जोड दिनुभएको छ । वीरगञ्जमा बिकासको बिशाल सम्भावना रहेको औल्याउँदै बरिष्ठ नेता नेपाललले निजगढमा अन्तराष्ट्रिय बिमानस्थल बनाउँदा सिँगो प्रदेश न. २ लाई फाइदा हुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी वीरगञ्ज महानगर कमिटीले आज वीरगञ्जको नगरसभागृहमा दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका नेपालले कृषिप्रधान देश भएपनि नेपालले क्षमताअनुसारको उत्पादन गर्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । साथै उहाँले कृषिमा आधुनिकिकरण,व्यवासायिकरण तथा यान्त्रिकीकरण गरेर उत्पादन बढाउन सकिने धारणा राख्नुभयो । नेता नेपालले २३ बर्षपछि चिनका राष्ट्रपति सिजिन पिंगको नेपाल भ्रमणले अन्तराष्ट्रि जगतमा तरंग पैदा गरेको बताउनुभयो ।
छिमेकी देश भारत र चिन लगायत अन्य देशसँग सद्भावको सम्बन्ध भएको बताउँदै उहाँले सद्भावको बदला हामीले पनि सद्भावको अपेक्षा गरेको बताउनुभयो । साथै उहाँले कुनै पनि हालतमा सगरमाथाको देशका नागरीकलाइ अपमान स्वीकार्य नहुने बताउनुभयो । आफु प्रधानमन्त्रि भएको समयमा फास्टट्रयाकको योजना आफैले उद्घाटन गरेको बताउँदै निजगढ अन्तराष्ट्रिय बिमानस्थल पनि आफ्नै पहलमा भएको बताउनुभयो । अनेकतामा एकता नेपालको बिशेषता भएको हुँदा नेपालजस्तो बहुभाषिक, बहुजाति, बहुधार्मिक राष्ट्र कतै नभएको बताउनुभयो । वरिष्ठ नेता नेपालले नेपालमा जलविद्युत क्षमता अनुसार उत्पादन गर्न सके यसैलाई बिदेशमा बेचेर नेपाल धनी बन्न कुनै समय नलाग्ने बताउनुभयो । साथै उहाँले राजनितिलाई व्यापारको बिषय नबनाउन समेत आग्रह गर्नुभएको भयो । नेकपा वीरगञ्ज महानगर कमिटिका अध्यक्ष रहबर अन्सारको सभापतित्वमा भएको कार्यक्रममा नेकपाका प्रदेश न. २ का सहइन्चार्ज नागेन्द्र चौधरी, वीरगञ्ज महानगरपालिकाका इन्चार्ज दिनेश राईलगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।