पथलैयाका स्थानिय द्धारा जग्गा धनी पुर्जा चलन चल्तिमा ल्याइ दिन भुमिसुधार मन्त्रि अर्याल संग माग

२६ कार्तिक २०७६, मंगलवार १९:०३ प्रकाशित

बारा २६ कार्तीक
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयाका स्थानियले भ्ुामिसुधार मन्त्रि पद्यमा अर्याल संग भेट गरी पथलैयाको घर जग्गा चलन चल्तिमा ल्याइदिन माग गरेका छन । मन्त्रि अर्याल संग आज सिमरा एयरपोर्टमा भेट गदै पथलैया सर्वदलिय समितीका संयोजक पेसल मुल्मीको नेत्रृत्वमा रहेको समितीले सो माग गरेको हो । बिभिन्न समयमा गठीत सुकुम्बासी समस्या समाधान आयोगले बितरण गरेका जग्गा धनि पुर्जा अहिले सम्म चलन चल्तिमा नआएकोले सो चलन चल्तिमा ल्याइदिन माग गरीएको मुल्मीले जानकारी दिनु भयो । जवाफमा मन्त्रि अर्यालले अफु पथलैयाको समस्या प्रति गम्भिर रहेकोले छिटै त्यस बिषमा निर्णय लिइने स्पष्ट पार्नु भयो । सो अवसरमा नेकपाका केन्द्रिय सदस्य दिनेस राई,प्रदेस सभा सदस्य सुन्दर बिक,नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ,जितपुरसिमरा उपमहानगरपालिका प्रमुख कृष्ण पौडेल,नेकपाका नेताहरु राजन पौडेल,देवनारायण चोधरी,मनोज पौडेल,तारा बहादुर कार्की,भरत भण्डारी,इम्तियाज अंसारी,वडा सदस्य रामदास ध्वजु,शुसिल ढोडारी,सर्वदलिय समितीका समितीका मन्जु भटटराइ,सुरेस लामा,शम्भु मण्डल,मदन कंसकार लगायतको उपस्थिती रहेको थियो ।

२६ कार्तिक २०७६, मंगलवार १९:०३  मा प्रकाशित

Write your Comment