निजगढमा पुलबाट यात्रु बस खस्यो/ केहिको अबस्था गम्भिर

१३ मंसिर २०७६, शुक्रबार १४:०८ प्रकाशित

बारा १३मन्सिर :

पूर्वश्चिम लोकमार्ग अन्तर्गत बाराको निजगढमा यात्रु बाहक बस पुलबाट तल खस्दा बसमा सबारयात्रुहरु घाइते भएकाछ्न ।निजगढ नपा–८ स्थित उनासी पुलमा यात्रुबाहक बस पुलबाट तल खसेको हो । जनकपुरबाट विहान छुटेको ना ४ ख ७९९० यात्रुबाहक बस पुलको दक्षितर्फबाट करिब १० फिट तल झरेर बस पल्टिएको हो । बस पुलबाट खस्दा बसमा सवार २५ जना यात्रु घाईते भएका छन्। घाईतेलाई स्थानीय निजगढ सामुदायिक अस्पताल,प्रसुती गृहमा लगिएका मध्ये १९ जनालाई थप उपचारकालागि वीरगञ्जका विभिन्न अस्पतालमा रिफर गरिएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । घाइते  मध्ये केेहिको अवस्था गम्भिर रहेको छ। घाईतेको परिचय खुलेको छैन्।
घाईतेलाई नेपाल प्रहरी, शसस्त्र प्रहरी, द्रुतमार्गमा खटिएको नेपाली सेना र स्थानीयले उद्धार गरेका थिए।
भैरहवाका लागि ४० जना यात्रु बोकेर गन्तव्यतर्फ लागेको बस निजगढ बजारबाट ३ किलो मिटरपश्चिमतर्फ निजगढ–काठमाण्डौं फास्ट ट्रयाकको प्रवेशद्धार नजिक रहेको उनासी पुलको बार भत्काउँदै तल झरेको थियो।
पट्टा भाँचिएर दुर्घटना
पट्टा भाँचिएर बस दुर्घटनामा परेको चालक धनुषाको मिथिला नगरपालिका ३ का २८ वर्षिय सुनिल यादवलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकाश थपलियाले जानकारी दिए। तिब्र गतिमा रहेको बसको अगाडी पट्टा भाँचिएको कारण अनियन्त्रित भएर पुलबाट खसेको प्रहरीले जनाएको छ।

१३ मंसिर २०७६, शुक्रबार १४:०८  मा प्रकाशित

Write your Comment