अन्तर्राष्ट्रिय बिमानस्थल निजगढ तीव्रताका साथ अघि बढाउन सर्वपक्षीय आग्रह !

३ पुष २०७६, बिहीबार १८:४४ प्रकाशित

 सिमरा ३ पुस,
अन्तर्राष्ट्रिय बिमानस्थल निजगढ निर्माण प्रक्रिया तत्काल अघि बढाउन सर्वपक्षीय अन्तरक्रिया भेलाले आग्रह गरेको छ । अन्तर्राष्ट्रिय बिमानस्थलको एक मात्र मापदण्ड पुरा हुन सक्ने, द्रुतमार्ग, विशेष आर्थिक क्षेत्र र वीरगञ्ज पथलैया औद्योगिक करिडोरसङ्ग जोडिएकाले यसको विकल्प नरहेको निष्कर्ष निकालेको छ । बिमानस्थल उत्तरतर्फ वनक्षेत्र रहने, पर्याप्त पूर्वपश्चिम उपयुक्त चट्टानयोग्य धावनमार्ग बनाउन सकिने भएकोले, जिरो भिजिबिलिटी र कम बजेटमा बनाउन सकिने सम्भावना रहेको यो नै उपयुक्त छ । कार्यक्रममा पूर्वमन्त्री पुरुषोत्तम पौडेल, प्रतिनिधी सभाका सदस्य रामबाबु कुमार यादब,संविधानसभा सदस्य जयराम दाहाल, प्रदेशसभा सदस्य माननीयहरु सुन्दर विश्वकर्मा, ज्वाला साह, सीता गुरुङ्ग, पारस साह महम्मद समीर,त्रिलोकि चौधरी नेकपाका केन्द्रीय सदस्यहरु अच्युत मैनाली र दिनेश राई, जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठल,कोल्हाबी नगर प्रमुख भरत भन्डारी,फेटा गाउपालिका अध्यक्ष अमिरी प्रसाद,जीतपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल,निजगढ सरोकार समितिका एकबहादुर श्रेष्ठ,फास्टट्र्याक एरपोर्ट समितीका अध्यक्ष रबिराज दङाल,टाङियाबस्ती सरोकार समितिका संयोजक रमेस सापकोटा,कोल्हबी सरोकार समितिका अध्यक्ष ढुण्डी राज उप्रेतीले  गायतले बोल्नुभएको थियो । जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेलको अध्यक्षता र होटल तथा पर्यटन सङ्घ बाराका अध्यक्ष मोहन लामिछानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा करीव ३ सय सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
३ पुष २०७६, बिहीबार १८:४४  मा प्रकाशित

Write your Comment