लेखा शाखाका प्रमुख रुपनारायण राउतको कार्यकक्षमा सोमबार दिउँसो सेवाग्राहीसँग घुस रकम लिँदै गरेको बेलामा जयसवाललाई अख्तियारको टोलीले रंगेहात पक्रेको थियो । वीरगन्ज महानगरपालिका ३० मा उपभोक्ता समिति मार्फत निर्माण भएको ढलान सडकको भुक्तानीका लागि जयसवालले १५ हजार रुपैयाँ घुस मागेको र त्यहि रकम लिँदै गरेको अवस्थामा उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । अख्तियारको टोली महानगरपालिकामा प्रवेश गर्ना साथ खैला बेला मचेको थियो । कामको सिलसिलामा रहेको सेवा ग्राहि रितै हात घर फर्केका थिए ।