उपसभामुख तुम्बाहम्फे द्वारा मार्ग प्रस्सत गर्न राजिनामाको घोषणा

६ माघ २०७६, सोमबार १४:०९ प्रकाशित

काठमाडौं
उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामाको घोषणा गरेकी छन् । उनले सोमबार बसेको संसद बैठकमा सभामुख चयन प्रकृया सहज बनाउनका लागि आफुले मार्गप्रशस्त गर्न लागेको घोषणा गरिन् ।
छोटो समय सम्बोधन गरेकी उपसभामुख तुम्बाहाङ्फेले प्रतिनिधि सभाको सभामुख पद अप्रत्यासित र अश्वभाविक कारणले रिक्त रहेको र सभामुख नहुँदा जटिलता थपिएको बारेमा जानकार रहेको भन्दै संसदको ठुलो दलले सभामुखमा दावा गरेकाले आफुले सहजीकरण गर्न लागेको बताइन् ।

६ माघ २०७६, सोमबार १४:०९  मा प्रकाशित

Write your Comment