धनुषा ९ माघ
प्रदेश २ मा रिक्त ४ सिटका लागि माघ ९ गते भएको राष्ट्रियसभा निर्वाचनको क्रममा प्रदेश २ मा नेकपा राजपाको गठबन्धनले ४ वटै सिटमा अत्यधिक बहुुुमतले बिजय हासिल गरेको छ । नेकपा राजपा गठबंधनले नेपाली काग्रेस र समाजवादी पार्टीको गठबन्धनलाई हराउँदै जित हासिल गरेको छ ।
गठबन्धनको तर्फबाट महिलातर्फ काग्रेस र समाजवादीको प्रत्यासी उम्मेदवार नगिना यादवलाई हराउँदै नेकपाकी तर्फबाट उम्मेदवार भएकी तुलसा दाहाल विजयी हुनुभएको हो । नेकपा र राजपाको गठबन्धनबाट महिला पदको उम्मेदवार भएकी दाहालले ५२०८ मतभार प्राप्त गरेर विजयी भएकी छिन् । दाहालको पक्षमा तुलसाले स्थानीयतर्फ १४० मत प्राप्त गरेकी छिन् भने प्रदेशतर्फ ५६ मत प्राप्त गरेकी हुन् ।
कांगे्रस र समाजवादीको गठबन्धनबाट काग्रेसकी उम्मेदवार नगिना यादवले स्थानीयतर्फ १३० मत प्राप्त गरेकी हुन् भने प्रदेशतर्फ ५० मत प्राप्त गरेकी हुन् । उनले कुल मतभार ४७४० प्राप्त गरेकी छन् ।
नेकपाको तर्फबाट दलित पदका उम्मेदवार राधेश्याम पासवान विजयी हुनुभएको छ । नेकपाबाट राधेश्याम पासवान ६३६ मतभारको अन्तरले विजयी हुनुभएको हो । उहाँले नेपाली काग्रेस र समाजवादी पार्टीको गठबन्धनबाट प्रत्यासीत उम्मेदवार रामपृत पासवान पराजित गर्नुभएको हो । विजयी हुनुभएका पासवानले ५२९२ मतभार प्राप्त गर्नुभएको हो । समाजवादीका रामपृत पासवानले ४६५६ मतभार प्राप्त गर्नुभएको हो ।
नेकपा–राजपाका उम्मेदवार मृगेन्द्र कुमार सिंह यादव विजयी हुनुभएको छ । राजपा–नेकपा गठबन्धनको तर्फबाट राजपाका सिंह ८ सय ८८ मतान्तरले विजयी हुनुभएको हो । समाजवादीका तर्फबाट उम्मेदवारी दिएका अनिरुद्ध कुमार सिंह (यादव) पराजित भएका हुन् ।
राजपा–नेकपा गठबन्धनको तर्फबाट अल्पसंख्यक तथा अपाङ्गको तर्फबाट शेखर कुमार सिंह विजयी हुनुभएको छ । उहाँले ५५०२ मतभार ल्याएर विजयी हुनुभएको छ । काग्रेस समाजवादी गठबन्धनको तर्फबाट नेपाली काग्रेसका प्रत्यासी उम्मेदवार भोला पंजियारले ४५१२ मतभार ल्याएर पराजित हुनुभएको निर्वाचन अधिकृत डा. शम्भु साहले जानकारी दिनुभएको छ ।