बारा १० माघ
किसान आन्दोलनका अगुवा शहिद मुखलाल महत्तोको ६५ औ स्मृती दिवसको अवसरमा बाराको नरहीमा माघ १६ गतशहिद दिवसकोको दिन भब्य कार्यक्रमको आयोजना हुने भएको छ । नेकपा बारा र शहिद मुखलाल स्मृती प्रतिष्ठान नेपालको सयुक्त आयोजनामा हुने कार्यक्रमको तयारी तिब्र गतीमा भइरहेको छ । सो कार्यक्रमको तयारीका लागि नेकपा बाराले आज नरहीमा ४ वटै निर्वाचन क्षेत्रका प्रमुख र १६ वटै पालिकाका अध्यक्षहरुको भेला आयोजना गरी शहिद मुखलाल स्मृती दिवस भब्यरुपमा मनाउन बिभिन्न समिती समेत गठन गरेको नेकपा बाराका नेता मनोज पौडेलले जानकारी दिनु भयो । जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रोष्ठको सभापतित्वमा सम्पन्न भेलामा नेकपा केन्द्रिय सदस्य ज्वाला साह, जिल्ला सचिब तथा प्रदेस सभाका सदस्य सुन्दर बिक,प्रदेस कमिटी सदस्य सितागुरुगं,राजन पौडेल,गिता कंडेल लगायतको सहभागिता रहेको थियो ।
बाराको गढहलमा किसान आन्दोलनको नेत्रृत्व गरेका बकुलहर निवासि मुखलाल महत्तोको २०११ सालमा माघ १६ गते बडा हाकिमको आदेसमा हत्या गरीएको थियो ।