अकोराब तदर्थ समिति बाराको सम्योजकमा पौडेल

२० माघ २०७६, सोमबार १९:२७ प्रकाशित

बारा २० माघ
सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालको बारा जिल्ला तदर्थ समिति गठन गरीएकोछ । अकोराबका केन्द्रिय महासचिब गोबिन्द देवकोटाको प्रमुख आतिथ्यतामा निजगढका सम्पन्न भेलाले बारा जिल्ला तदर्थ समिति गठन गरेकोहो । रेडियो सिमराका का्यकारी निदेशक अच्युत पौडेलको संयोजकत्वमा समिति गठन गरीएकोहो । समिति सदस्यहरुमा रेडियो निजगढ बाट गोकुल घोरासैनि, रेडियो मध्यतराईबाट उमेश सुनार र रेडियो नागरीक बाट बसन्त शर्मा चयन हुनुभएकोछ । जिल्लामा रहेका सामुदायिक रेडियोहरुको हकहित संवर्दन र प्रवर्दन गर्ने उदेश्यले जिल्ला समन्वय समिति गठन गरीएकोहो । नव गठित समितिले आगामि माघ २६ गते विश्व रेडियो दिवसको अवसरमा प्रदेश २ को अस्थाई राजधानि जनकपुरमा हुने कार्यक्रममा सक्रिय सहभागिता जनाउने निर्णय गरेकोछ ।

२० माघ २०७६, सोमबार १९:२७  मा प्रकाशित

Write your Comment