जीतपुर २० माघ
राष्ट्रिय जनता पाटी नेपाल का स्थनाीय प्रभावशाली नेता राजुराज गिरी सहित २५ जना पाटी परित्याग गरेका छन् । पाटी परित्याग गर्नेमा स्थानीय तहको निर्वाचनमा तत्कालिन वडा अध्यक्षका उम्मेदवार रहेका गिरी , पार्टीका वडा अध्यक्ष मनोज कुमार गुप्ता , कोषाध्यक्ष प्रदिप गुप्ता ,प्रमोद गुप्ता ,अमित साह ,अरबिन्द साह ,आमोद साह लगायत २५ जनाले पार्टी परित्याग गरेको प्रभावशाली नेता गिरी र पाटी वडा अध्यक्ष गुप्ताद्धारा संयुक्त हस्ताक्षरित प्रेष बिज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय जनता पाटी मधेसी ,मुस्लीम ,दलित ,महिला एवम शोषित ,पिडित , जनताको हक ,अधिकार एवम जीवनस्तर उकास्ने कुनै किसिमको काम नगरेकाले पार्टी परित्याग गरेको नेता तथा कार्यकर्ताहरुले आरोप लगाएका छन् । अघिल्लो स्थानीय चुनावमा पाटीको तर्फबाट वडा अध्यक्षका उम्मेदवार भई झिनो मतले पराजित भएका गिरी स्थानीय तहमा राम्रो पकड भएको नेता मानिन्छन् । आफनो पदीय स्वार्थमा रमाएर जनताको भावनासँग खेलवाड गरि पाटी भित्र गुट उपगुटको मलजल गरी जनताको हितभन्दा ब्यक्तिगत हितलाई पाटीले बढावा दिईएको आरोप बिज्ञप्तिमा लगाईएको छ । कुनै पाटीभित्र नरहेपनि जनताको हितलाई शिरोधार गरि सधै हक,हित र अधिकारकालागि लडिरहने र समाजको सेवा गरिरहने जारी प्रेष बिज्ञप्तिमा भनिएको छ ।