ललिता निवास प्रकरण : पूर्व उप प्रधानमन्त्री समेत १ सय ७५ माथि मुद्दा

२२ माघ २०७६, बुधबार १७:३५ प्रकाशित

बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणसँग सम्बन्धित पूर्वमन्त्रीलगायत १ सय ७५ जनामाथि बुधबार विशेष अदालतमा मुद्दा दर्ता प्रकृया सुरु भएको छ ।

पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छेदार, पूर्व मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ, पूर्व सचिवहरु छविराज पन्त, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलगायत १ सय ७५ जनामाथि मुद्दा दर्ताका लागि अभियाेगपत्र आइपुगेकाे विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।

२२ माघ २०७६, बुधबार १७:३५  मा प्रकाशित

Write your Comment