बारा १फाल्गुण
जितपुरसिमरा उपमहानगरपालिका वडा नं.४ औराहामा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौंको आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । प्रदेश सांसद् सुन्दर बहादुर विश्वकर्माले अस्पतालको उद्घाटन गरेका हुन् । बिहिबार अस्पतालको प्राङ्गगणमा आयोजित समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि विश्वकर्माले रिवन काटेपछि अस्पतालको औपचारिक सञ्चालनमा आएको हो ।
प्रमुख अतिथि विश्वकर्माले कार्यक्रमलाई सम्बोधन गर्दै यस क्षेत्रमा आँखाको विरामीलाई उपचार गराउन टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको बताए । सरकारले सिंहदरवार घर–घरमा भन्ने नारामा स्थानिय सरकारको सेवा मात्र सिंहदवार नभएको र जनतालाई आवश्यक सम्पुर्ण पुर्वाधारहरु समेत यसरीनै घर–घरमा पुराउनु हो विश्वकर्माले भने । उनले यस आँखा अस्पतालले नयाँ प्रबिधि युक्त उपकरणको प्रयोग गरेर उपचार दिने भएकोले आउंदो दिनमा अझ सेवाको विस्तार गर्दै जनताले भोलिको दिनहरुमा आँखाको प्रत्यारोपण समेत यहिबाट गर्न सकिने बताउनु भयो ।
नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौंका कार्यकारी निर्देशक बरिष्ट नेत्ररोगबिज्ञ डा.दमन बहादुर घलेले जितपुरसिमराको वडा नं.४ औराहामा नेपाल आँखा अस्पतालले सञ्चालन गरेको सेवा केन्द्र उपत्यका बाहिरको पहिलो भएको बताए । भोलिको दिनमा आँखा सम्बन्धीका सबै खाले बिरामी हरुको उपचार यसै ठाँउमा हुने बताउनु भयो । यो अस्पतालको योजना बृहत रहेको भन्दै भोलिका दिनमा रिसर्च सेन्टरको रुपमा समेत सेवा दिने डा.घलेले बाउनु भयो । उहाले भन्नुभयो सुरुवाद हामिले गरेका छौं अब सञ्चालनको जिम्मा समाजको हो ।
कार्यक्रममा पूर्व शोभाकर पराजुली, संविधानसभाका सदस्यहरु जयराम दाहाल,शोभाकर पराजुली प्रदेशसभा सदस्य सीता गुरुङ,लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भन्डारी,नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका निर्देशक कमल बहादुर खड्का, बरिष्ट समाजसेवी कासिम मिया,कार्यपालिका सदस्य सोभा कार्की,ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख डि.एस.पि. गोबिन्द पुरी,वडा सदस्य अमिताब चौधरी,पुन्यवती कडेल,लालपरि राम,नेकपाका नेता देव नारायण चौधरी,मनोज पौडेल, कृष्ण खनाल,नेपाली कांग्रेस नगरसचिब सुशिल ढोडारी,समाजसेवी रमेश खरेल वडा सदस्य अमिताब चौधरी,पुन्यवती कडेल,लालपरि रामलगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम वरिष्ठ अधिवक्ता विश्व कान्त मैनालीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन नेपाल अपाङग संघ बाराका अध्यक्ष धन प्रसाद बजगाईले गरेका थिए भने स्वागत मन्तब्य जितपुरसिमरा उपमहानगरपालिका वडा नं.४ का वडाअध्यक्ष भोज बहादुर खत्री (ईश्वर)ले दिएका थिए ।