महागढीमाईका मेयर यादवलाइ कार्यवाहीको माँग गर्दै जिल्ला प्रहरीमा जाहेरी

८ फाल्गुन २०७६, बिहीबार २२:०७ प्रकाशित

बारा ८फागुन

महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव माथि कारवाहीकाे माँग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेकाे छ ।
छोराले भिडियो बनाएर फेसबुकमा पोष्ट गरेको आरोपमा बाबुलाई शौचालयमा थुनेर कुटपिट तथा दुव्यवहार गर्ने पिडित हरेन्द्र महतो कोइरीले बिहिवार प्रहरीमा जाहेरी दिएका हुँन् ।
साेहि नगरपालकाकाे वडा नम्बर २ मैनीटोल बस्ने ५५ वर्षिय कोईरीले नगर प्रहरी लगाएर कुटपिट र दुव्र्यवहार गरेको भन्दै कानुनी कारवाहीको लागि मेयर यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएकाे उनले बताए । उनले जाहेरीमा भेदभाव तथा अपमानजन्य कसुरमा कारवाही गरी मेयर यादवबाट क्षेतिपुर्ति समेत भराई दिन कोइरीले प्रहरीसँग माँग गरेका छन् । मेयर यादव माथि कानुनी कारवाहीकाे माँग गर्दै कोईरी प्रहरी कार्यालय पुगेका थिए ।
छोरा मुकेश कुशवाहाले गाउँमा सडकको नाला निर्माणमा भईरहेको ढिलासुस्ति बारे मेयर यादवको अडियो सहिँतको भिडियो फेसबुकमा पोष्ट गरेको निहुँमा कोईरीलाई कुटपिट गर्दै नगरपालिकाको शौचालयमा थुनिएको थियो ।
गत वर्ष नैं पुरा भईसक्नु पर्ने नाला निर्माणमा भईरहेको ढलासुस्ति बारेमा मुकेशले अप्लोड गरेको भिडियो अहिले फेसबुकमा भाईरल छ । शुरुमा मुकेशलाई नियन्त्रणमा लिन घरमा पुगेका नगर प्रहरीले फेला पार्न नसके पछि खेतमा काम गरिरहेकाे अवस्था उनका बाबुलाई समातेर नगर प्रमुख यादवको जिम्मा लगाएका थिए । काेईरीले छोरालाई भगाएको भन्दै मेयर यादवले आँफुले लगाएको जुत्ता टाउकोमा राखेर माफी माग्न भनेको र कोइरीले नमाने पछि कुटपिट गर्दै शौचालयमा लगेर थुन्ने आदेश दिएकाे उनले बताए । ‘कसुर बिना अपमान र दण्ड सजाय बेहोर्नु पर्यो, कोईरीले भने , अब अरु केही चाहिएको छैन न्याय पाए पुग्छ ।’ जिल्लाका प्रहरी उपरिक्षकलाई उनले गुहारे ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले कोईरीले भेदभाव तथा अपमानजन्य कसुरमा मेयर यादवलाई विपक्षी बनाएर जाहेरी दिएको जानकारी दिए । जाहेरी बारे बताउदै प्रहरी उपरिक्षक पङ्गेनीले भने ‘मेयर विरुद्ध जाहेरी परेको छ , चाहे जाे भए पनि याे विषयमा आवश्यक छानविन पछि कारवाहीअघि बढछ ।’
मेयर यादवले गत वर्ष पनि स्थानीय शम्भु प्रसाद साहलाई नगर प्रहरी प्रयोगगरी टिपरमा हालेर नगरपालिकामा ल्याएर अपमानित गरेका थिए । त्यसका विरुद्धमा शाहाले जिल्लाप्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए त्यसको सुनुवाई समेत नभएको बरियारपुर बासीको गुनासो छ । मेयर यादबले जस्तोसुकै ज्यादती गर्दा पनि कारबाही नभएका कारण उनको दम्ब बढेको जनाइएको छ ।

८ फाल्गुन २०७६, बिहीबार २२:०७  मा प्रकाशित

Write your Comment