करैयामाई गाउँपालिकाको पाचौं गाउँ सभा सम्पन्न,रु ४८ करोडको बजेट पारित

१४ फाल्गुन २०७६, बुधबार १८:३८ प्रकाशित

बारा १४ फागुन :
बाराको करैयामाई गाउँपालिकाको पाँचौ गाउँसभा बुधबार सम्पन्न भएको छ ।
करैयामाई गाउँपालिका २ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय परिषरमा गाउँ सभा सम्पन्न भएको हो । सभामा आर्थिक बर्ष २०७६/०७७ संशोधित बजेट प्रस्तुत भई पारित समेत गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामीको सभापतित्वमा सम्पन्न गाउँ सभामा आर्थिक बर्ष २०७६/०७७ को बजेट गाउँपालिकाकी उपाध्यक्ष चित्ररेखा कुमारी चौधरीले चालु खर्च, पुँजीगत खर्च र बित्तिय व्यवस्थापनको रकम समेत गरि जम्मा कुल रु ४८ करोड २५ लाख ४३ हजार पाँच सय ३५ रूपैयाको बजेट प्रस्तुत गरेकी गर्नुभएको थियो ।
गाउँसभामा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र महतो, वडा नं. १ का वडा अध्यक्ष सोनालाल साह,२ का सुरेन्द्र प्रसाद चौधरी, ३ का देबेन्द्र प्रसाद केशरी, ४ की जनाबी खातुन, ५ का उमेश प्रसाद चौधरी,६ का राज कुमार चौधरी, ७ का बिरिज चौधरी ८ का सुरेन्द्र साह लगायत गाउँकार्यपालिका सदस्य लेखा प्रमुख  बजरंगी जैैसवााल,गाउँपालकामा कार्यरत बिभिन्न शाखा प्रमुखहरू कर्मचारीहरू सञ्चारकर्मीलगायतको बिशेष उपस्थति रहेको योजना शाखा प्रमुख बिरेन्द्र वाईवाले जानकारी दिनुभयो ।

१४ फाल्गुन २०७६, बुधबार १८:३८  मा प्रकाशित

Write your Comment