बारा २ चैत्र
नेपाल सरकारका निर्माण तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं २४ हरपुरमा रहेको दुधौरा खोलाको पुलको उद्घाटन गर्नुभएको छ । उद्घाटन गर्दै मन्त्री नेम्वाङले नेकपाको सरकारले समृद्ध नेपाल सुखी नेपाली को अभियान सफल पार्न लागिरहेको स्पष्ट पार्नुभयो । सरकार हुलाकी सडक निर्माण ६ लेनको सडक निर्माण फास्टट्रयाक निर्माणको कामलाई तिब्रता दिँदै अगाडि बढ्ने जनताको सुखदुःखको साथीका रुपमा अगाडि बढ्न लागेको दाबी गर्नुभयो । कार्यक्रममा पूर्व मन्त्री पुरुषोत्तम पौडेल राष्ट्रिय सभाका सदस्य सुमन प्याकुरेल,संविधानसभाका सदस्य नजमा आलम प्रदेशसभाका सदस्य सुन्दर बहादुर विश्वकर्मा ,प्रधानमन्त्रीका लागि पूर्व राजनीतिक सल्लाहकार अच्युत मैनाली, यातायात विभागका महानिर्देशक केशव शर्मा लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रम मन्त्रालयका सचिव देवेन्द्र कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।