नेकपाले प्रदेश नम्बर २ को नाम जानकी राख्न गरेको प्रस्ताव अस्वीकृत

४ चैत्र २०७६, मंगलवार १६:०९ प्रकाशित

जनकपुरधाम ४ चैत्र
प्रदेशसभाले प्रदेश नम्बर २ को नाम जानकी राख्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रस्ताव अस्वीकृत गरेको छ ।
प्रदेशसभामा मंगलबार भएको मतदानमा जानकी नामको पक्षमा ३७ मत खसेको छ भने विपक्षमा ७० मत परेको छ । प्रदेशको नाम र स्थायी राजधानीका लागि दुई तिहाई बहुमत चाहिन्छ । १०७ सदस्यीय प्रदेशसभामा ७२ मत चाहिन्छ, जुन कुनै पनि पार्टीसँग छैन ।

४ चैत्र २०७६, मंगलवार १६:०९  मा प्रकाशित

Write your Comment