सरकारद्वारा SEE परीक्षा र विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा स्थगित गर्ने निर्णय

५ चैत्र २०७६, बुधबार १९:५७ प्रकाशित

काठमाडौं ५ चैत्र

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको कामना खबरलाई जानकारी दिनुभयो ।एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो ।

त्यसैगरी सरकारले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

५ चैत्र २०७६, बुधबार १९:५७  मा प्रकाशित

Write your Comment