वीरगञ्जकाका उद्योगी शिव रुगटालाई कोरोना संक्रमण भएको पटना मेडिकल कलेजको आशंका गरेको छ। वीरगञ्ज आदर्शनगर निवासी ६७ बर्षिय शिवकुमार रुगटालाई कोरोना भाईरस संक्रमणक़ आशंका भएको र थप परीक्षणकालागि पुना पठाइएको शिवकुमार रूगंटाका भाई सुरेस रुगंटाले जानकारी दिनुभयो । रूगंटा २४ फरवरीमा कलकत्ता गएका थिए,कलकत्ताबाट २७ फरवरीका दिन दिल्ली पुगेका थिए,दिल्लीबाट ४ मार्चमा वीरगन्ज आएका थिए र स्वास्थ्यमा समस्या देखिएपछि १७ मार्चमा उपचारकालागि पटना लगिएको थियो । रूगंटा विभिन्न कार्यक्रमका लागि कलकत्ता र दिल्ली गएका थिए । रूगंटा परवानीपुरमा रहेको चावोसदी खाद्य उद्योगका सञ्चालक हुन् ।
भारतस्थित पटनाको पिएमसिएच अस्पतालमा उपचाररत रुगटाको परिवारलाई होम क्वारेन्टाइनमा बस्न लगाउने पर्सा प्रशासनले जनाएको छ ।