भरतपुर कोरोना विषेश अस्पतालमा यादवको मृत्युको कारण :अटो इम्युन डिजिज’

११ चैत्र २०७६, मंगलवार १५:२६ प्रकाशित

काठमाण्डौ ११ चैत्र
चितवनको भरतपुरमा रहेको कोरोना विषेश अस्पतालमा उपचार गराइरहेका युवकको ज्यान जानुको कारण कोरोना नभएर अटो इम्युन डिजिज भएको खुलेको छ ।  टेकु प्रयोगशाला श्रोतले दिएको जानकारी अनुसार वीरगञ्जका ३० वर्षीय सन्तोष यादवको ज्यान जानुको कारण कोरोना नभएर अटो इम्युन डिजिज हो ।
यादवको उपचारका क्रममा ज्यान गएको भरतपुर कोरोना विशेष अस्थाई अस्पतालले जनाएको छ । यादवको स्वाबको नमुना संकलन गरी परीक्षणका लागि टेकु ल्याइएको थियो ।
पहिलेदेखि नै लुपुस भन्ने रोग लागेका यादवका मिर्गौला समेत कमजोर रहेको र निमोनिया र ज्वरो आएपछि  चैत ९ गते अस्पतालमा भर्ना गरिएकोमा मंगलबार बिहान ९ बजे ज्यान गएको कोरोना विशेष अस्थाई अस्पतालले जनाएको छ । यादवलाई आइसोलेसनमा राखिएको थियो ।

११ चैत्र २०७६, मंगलवार १५:२६  मा प्रकाशित

Write your Comment