बारा १७चैत्र
कोरोना भाइस (कोभिड- १९) को सम्भावित महामारी नियन्त्रणका लागि कोल्हबि नगरपालिले वडा नम्बर ४ स्थित श्री नेपाल राष्ट्रिय नमूना माध्यमिक बिद्यालयमा पैतिस शैयाको क्वारेन्टाइन तथा आइसोलेसन कक्ष आजबााट संचालनमा ल्याएकोछ । कोल्हवी नगरपालिकाका प्रमुख भण्डारीले सो क्वारेन्टाइनको विधिवतरुपमा शुभारम्भ गर्नुभएको हो। क्वारेन्टाइनका लागी आवश्यक पर्ने पिपिइ सहित सम्पूर्ण आवश्यक सामग्री र चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था गरी सञ्चालनमा ल्याइएको नगर प्रमुख भरत बहादुर भण्डारीले जानकारी दिनु भयो । क्वारेन्टाइनमा एकजना एमबिबिएस डाक्टर सहित स्वास्थ्यकर्मीको टोली रहने व्यवस्था गरिएको छ । त्यसका साथै क्वारेन्टाइनमा रहने बिरामी र अन्य सबैकालागि खाना तथा आवश्यक डाइटको व्यवस्था समेत गरिएको उहाँले जानकारी दिनुभयो ।बिरामीको चाप र आवश्यकताअनुसार क्वारेन्टाइनको क्षमता बृद्धि गर्दै लगिने प्रमुख भण्डारीको भनाइ छ ।
सदरमुकामबाट लामो दुरीमा रहेको र विकट क्षेत्रमा क्वारेन्टाइन सञ्चालनमा आएपछि स्थानीयले खुसी व्यक्त गरेको प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । शुभारम्भ कार्यक्रममा उप-प्रमुख सुनैना देवि थरुनी, नगरपालिका अन्तर्गतका विभिन्न वडाअध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।