विश्वभर कोरोनाबाट एक लाखभन्दा बढीको मृत्यु

२९ चैत्र २०७६, शनिबार ११:५८ प्रकाशित

काठमाडौँ

कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख २ हजार ६६९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट विश्वभर ६ हजार ९९२ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरणअनुसार संसारभर १६ लाख ९६ हजार ८२० जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर ९५ हजार ५१८ संक्रमण पुष्टि भएको छ ।

चीनको वुहान शहरबाट शुरु भएको कोरोनालाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । कोरोना भाइरसबाट इटालीमा १ लाख ४७ हजार ५७७ कुल सङ्क्रमित भएका छन् भने १८ हजार ८४९ को मृत्यु भएको छ । यसैबीच ३० हजार ४५५ निको भएर फर्किएका छन् ।
अमेरिकामा ५ लाख १ हजार ६४८ कुल सङ्क्रमित भएका छन् भने १८ हजार ७६३को मृत्यु भएको छ । यसैबीच २७ हजार २३९ निको भएर फर्किएका छन् ।
स्पेनमा एक लाख ५८ हजार २७३ कुल सङ्क्रमित भएका छन् भने १६ हजार ८१ को मृत्यु भएको छ । यसैबीच ५५ हजार ६६८ निको भएर फर्किएका छन् ।
फ्रान्समा एक लाख २४ हजार ८६९ कुल सङ्क्रमित भएका छन् भने १३ हजार १९७ को मृत्यु भएको छ । यसैबीच २४ हजार ९३२ निको भएर फर्किएका छन् ।
बेलायतमा अहिलेसम्म ७३ हजार ७५८ कुल सङ्क्रमित भएका छन् भने ८ हजार ९५८ को मृत्यु भएको छ ।
इरानमा ६८ हजार १९२ कुल सङ्क्रमित भएका छन् भने ४ हजार २३२ को मृत्यु भएको छ । यसैबीच ३५ हजार ४६५ निको भएर फर्किएका छन् ।
चीनमा अहिलेसम्म ८१ हजार ९०७ कुल सङ्क्रमित भएका छन् भने ३ हजार ३३६ को मृत्यु भएको छ । यसैबीच ७७ हजार ४५५ निको भएर फर्किएका छन् ।
बेल्जियममा २६ हजार ६६७ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार १९ को मृत्यु भएको छ । यसैबीच ५ हजार ५६८ निको भएर फर्किएका छन् ।
जर्मनीमा एक लाख २२ हजार १७१ कुल सङ्क्रमित भएका छन् भने, २ हजार ७६७ को मृत्यु भएको छ । यसैबीच ५३ हजार ९१३ निको भएर फर्किएका छन् ।
नेदरल्याण्डसमा अहिलेसम्म २३ हजार ९७ जना संक्रमित भएका छन् भने २ हजार ५११ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा १९ हजार ७८९ जना संक्रमित भएका छन् भने एक हजार ६८ जनाको मृत्यु भएको छ । त्यस्तै १७३ जना ठिक भएका छन् ।
टर्कीमा ४७ हजार २९ जना संक्रमित भएका छन् भने एक हजार ६ जनाको मृत्यु भएको छ । त्यस्तै २ हजार ४२३ जना निको भएर फर्किएका छन् ।
स्विटजरल्याण्डमा कुल २४ हजार ५५१ संक्रमित भएका छन् भने एक हजार २ जनाको मृत्यु भएको छ । त्यस्तै ११ हजार १०० जना निको भएर फर्किएका छन् ।
स्विडेनमा ९ हजार ६८५ जना संक्रमित भएका छन् भने ८७० जनाको मृत्यु भएको छ । त्यस्तै स्विडेनमा ३८१ जना ठिक भएका छन् ।
क्यानाडामा २२ हजार १०८ जना संक्रमित भएका छन् भने ५५६ जनाको मृत्यु भएको छ । त्यस्तै ५ हजार ८७१ जना ठिक भएका छन् ।

२९ चैत्र २०७६, शनिबार ११:५८  मा प्रकाशित

Write your Comment