नेकपाका नेता पौडेलद्वारा असिना पिडीत किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकार संग माग 

६ बैशाख २०७७, शनिबार १५:५७ प्रकाशित

बारा ६ बैशाख

नेकपाका नेता मनोज पौडेलले असिना पिडीत किसानका लागि राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभएको भएको छ । उहाँले शुक्रबारको असिना पानीका कारण किसानहरुले लगाएको बालीमा ठूलो क्षति भएको उल्लेख गर्दै स्थानीय तहले लगत संकलन गर्ने र सरकारको तर्फबाट पिडित किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभएको छ । असिनाका कारण किसानले लगाएको मकै,केरा र तरकारीबाली पूर्णरुपमा क्षति भएको उल्लेख गर्दै नेता पौडेलले त्यसको लागि सरकारले प्याकेटमा राहत घोषणा गर्न आग्रह समेत गर्नुभएको छ ।

६ बैशाख २०७७, शनिबार १५:५७  मा प्रकाशित

Write your Comment