काठमाडौं १२ वैशाख:
विश्वभर कोरोना भाइस संक्रमितको संख्या २७ लाख चार हजार छ सय ७६पुगेको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सबैभन्दा धेरै संक्रमित अमेरिकामा ८ लाख ८७ हजार रहेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना भाइरस संक्रमणका कारण १ लाख ९० हजार ५ सय ४९ जनाको मृत्यु भएको छ । जसमा अमेरिकामा मात्र ५० हजार १सय ७७ जनाको मृत्यु भएको छ ।
विश्वभर अहिलेसम्म ७ लाख ३८ हजार जना निको भएर घर फर्किएका छन् । अमेरिकामा ८० हजार जना निको भएका छन् ।
अमेरिकापछि बढी प्रभावित इटलीमा मृतक संख्या २५ हजार ५ सय ४९ जनाको मृत्यु भएको छ भने १ लाख ९० हजार जना संक्रमित भएका छन् । स्पेनमा संक्रमित संख्या २ लाख १३ हजार छ भने मृतक संख्या २२ हजार १ सय ५७ रहेको छ ।
फ्रान्समा १ लाख ५९ हजार एक सय ६० जना संक्रमित भएका छन् भने २१ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ ।
बेलायतमा १ लाख ३९ हजार संक्रमित छन् भने १८ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ । नेपालमाा भने संक्रमितको संख्या ४८पुगेको छ ।