धरौटीमा रिहा भए लगत्तै सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसंधानका लागि पक्राउपरे सुलभ अग्रवाल

१८ बैशाख २०७७, बिहीबार १६:४५ प्रकाशित

काठमाडौं १८ बैशाख
कालोबजारीसम्बन्धी मुद्धामा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका जगदम्बा स्टिल प्रालि सिमराका सञ्चालक सुलभ अग्रवाल पुन पक्राउ परेका छन् ।
अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।
अग्रवाललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइने उहले बताउनुभयो ।

१८ बैशाख २०७७, बिहीबार १६:४५  मा प्रकाशित

Write your Comment