बैशाख १८, वीरगन्ज
यतिवेला विश्व भरिका मानव समाज काेराेना भाइरस (covid 19) काे महामारीको चपेटामा लपेटि रहेकाे छ । काेराेना भाइरस काेभिड १९ राेगले विश्व महामारीको रुप लिएकाे यश संकटमा मानव जगतलाई बचाउन बैज्ञानिक हरु र विभिन्न अनुसन्धान केन्द्रहरु अाैषधी निर्माणकाे लागि अनुसन्धान गरि रहृका छन् । अाज सम्मा काेराेना भाइरस covid 19 राेग नियन्त्रण तथा निकाे पार्ने धअाैषधी बनी सकेकाे छैन । काेराेना भाइरस बाट बांच्न राेकथाम र नियन्त्रणका लागि नेपाल सरकारले लकडाउनकाे जारी गरेकाे यश समयमा सबै सचेत र अनुशासित रही लकडाउनकाे निर्देशन पालना गर्नुकाे अर्काे विकल्प छैन । साथै विभिन्न पेशामा संलग्न जनसमुदायहरु अा-अाफ्नाे पेशा व्यवासय बन्द गरि नाेभल काेराेना भाइरस covid19 राेगकाे विरुद्ध घरमा बसी सहयाेग गरि रहेकाे छ ।
अाजकाे दिन सम्मा काेराेना भाइरस राेग बाट विश्व भरिमा २ लाख भन्दा वढी मानिसकाे ज्यान गएकाे छ भने, लगभग ३१ लाख जति संक्रमित भएकाे यश विषम परिस्थितिमा ज्यान गुमाउनु हुने सबै प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिन्छ र संक्ररिित भई उपचार गराई रहनु भएकाहरु शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछ ।
यश विपद्काे घडीमा सबैमा सायमित रहि याे काेराेना भाइरस covid 19 राेग लाई पराजित गर्न अा-अाफ्नाे स्थानबाट सहयाेग पुराैं भनी तपसीलका बुंदाहरुमा उल्लेख गरिएकाे विषयहरूलाई यथाशीघ्र समाधान गर्नका लागि प्रधानमन्त्री र प्रदेश २ मुख्य मन्त्री लाई १३ बुंदे ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय पर्सा मार्फट नेकपा महानगर कमिटी वीरगन्ज ले पठाएकाे छ र बाेधार्थ तथा कार्यार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लाई समेत पठाएकाे छ ।
साथै ज्ञापनपत्रका वुंदाहरु यस प्रकारले रहेकाे छ ।
१) नाेभल काेराेना भाइरस काेभिड १९ राेग नियन्त्रण तथा राेकथाम गर्नका लागि चाहिने स्वास्थ्य सुरक्षा सामाग्री PPE, PCR र RDT प्रविधि, चिकित्सक र स्वास्थ्यकर्मी हरुकाे व्यवस्था गरियाेस । २) जिल्ला र पालिका तहमा राजनीतिक दल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्थानीय सरकार सहितकाे संलग्नता रहने गरी समन्वय र व्यवस्थापन अति अावश्यक भएकाे हुदा जिल्ला तथा पालिका स्तरमा सर्वदलीय सयन्त्र निर्माण गरि समस्याहरुकाे उचित समाधान गरियाेस । ३) लकडाउन बाट प्रभावि मजदुर, किसान, विपन्न वर्ग र असहाय समुदाय सम्म पुग्ने गरि प्रभावकारी रुपमा राहत प्याकेजकाे उचित व्यवस्था गरि पालिका अन्तर्गतका वडा र टाेल स्तरमा एउटै समय र सबै बराबरी मात्रामा covid 19 राेग बाट पीडितलाई रहात वितरण गरियाेस ४) काेभिड १९ राेगकाे उपचार केन्द्र मुख्य केन्द्र वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पताल लाई काेभिड १९ राेगकाे उपचार केन्द्र अस्पतालकाे रुपमा सरकारले घाेषणा गरेकाेमा धन्यवाद दिन चाहन्छौं । तर नारायणी उपक्षेत्रीय अस्पतालमा दिनमा सरदर ६, ७ सयकाे संख्यामा निम्न वर्ग तथा सर्वसाधारण ले उपचार पाई रहेकाेमा, काेभिड अस्पताल सञ्चालन निरन्तर गरिएमा सर्वसाधारण विरामीहरुलाई उपचारमा समस्या हुन जान्छ । त्यस कारण काेभिड १९ अस्पताल सञ्चालन गर्न वीरगन्ज महानगर पालिकाले सम्झौता गरेकाे गण्डक अस्पताल लाई covid 19 राेगकाे उपचार अस्पताल लाई नियम र विधि अनुसार मान्यता दिईयाेस । ५) काेराेना भाइरस काेभिड १९ राेग फैलन नदिन सिमा क्षेत्रमा अहाेरत्रा खटिएका सशस्त्र प्रहरी वल सुरक्षाकर्मीहरुकाे लागि न्युनतम स्वास्थ्य सुरक्षा सामाग्री पिपिई, सेनिटाईजर, पञ्जा, माक्स, पिउने पानी समेतको यथाशीघ्र व्यवस्था गरियाेस । ६) सिमा क्षेत्रमा अावात जावात लाई प्रभावकारी नियन्त्रण गर्न सिमा क्षेेेत्रमा रहेका राजनीतिक दल, स्थानीय पालिका तह जनप्रतिनिधिहरु, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सहितकाे अनुगमन सयन्त्र निर्माण गरि परिचालन गरियाेस । ७) लकडाउनकाे यश विषम् विपत्तिकाे यश अवधीमा नीजी तथा संस्थागत स्वार्थ पूरा गर्ने छाेपी काठ तस्करी, खुल्ला सिमा क्षेत्र बाट हुने तस्करी र कालाबजारी काे कडाइका साथ नियन्त्रण गरियाेस । ८) उद्योग र निर्माण क्षेत्रकाे कामहरुलाई सुचारु गर्न अावश्यक देखिन्छ र यसकाे लागि स्वास्थ्य सुरक्षाकाे उचित व्यवस्था गरि भाैतिक दुरी कायम गर्दै सञ्चालन गर्ने अवस्था भएमा साे उद्योगहरुलाई सुरक्षामा विशेष व्यवस्था गर्न यथाशीघ्र पहल गरियाेस । ९) देशमा खाद्यान्न संकट उत्पन्न हुन सक्ने वढी सम्भावना देखिएकाेले राज्यकाे ध्यान सबै खाले कृषि उत्पादनमा विशेष जाेड र ध्यानदिनु पर्छ । यसकाे लागि किसानहरुलाई उन्नत बीउ विजन, मलखाड, सिचाइ सुविध र विधुत सहुलियतकाे व्यवस्था गरियाेस । १०) कृषि उत्पादनमा अात्मानिर्भर हुनाका लागि कृषि सिट भण्डार, काेल्ड स्टाेर, कृषि बजारीकरण गर्न राज्य बाट विशेष अनुदानकाे व्यवस्था गरियाेस। ११) लकडाउन अवधी भरिकाे कृषि ऋण तथ व्यवसाय ऋण मा लाग्ने व्याज मिनाहा गरियोस् । १२) काेभिड १९ राेगकाे महामारीकाे कारणले देशमा पर्यटन क्षेत्र लगायतमा वेराेजगारी संख्या बृद्भि हुने निश्चित छ । साे काे समाधानका लागि तीनै तहकाे सरकार द्वारा विशेष याेजना सहितकाे राेजगारीकााेाे व्यवस्था गरियाेस । १३) शैक्षिक क्षेत्र लाई नियमित सुचारु गराउन अावश्यक छ । यसकाे राज्यले उच्च प्रविधि युक्त जनशक्ति उत्पादन, उच्च प्रविधि प्रवर्द्धन गरि अध्यायन अध्यापन गर्न दुर्गम क्षेत्र र शहर केन्द्रित कार्यक्रम सञ्चालन गरियाेस ।