संयोजक पौडेलद्वारा आयोजना प्रमुख मिश्र संग पथलैया बिरगंज ६ लेन सडक निर्माणको काम अगाडि बढाउन आग्रह

२१ बैशाख २०७७, आईतवार १६:३३ प्रकाशित

बारा २१ बैशाख :
नेकपाका नेता तथा जितपुर सिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले पथलैया बिरगंज ६ लेनको सडक निर्माणको काम तीव्रताका साथ अगाडि बढाउन आयोजना प्रमुख संजय मिश्र सँग आग्रह गर्नुभएको छ । आज उहाँले प्रमुख मिश्रसँग कुरा गर्दै लक डाउनको बेलामा सडकमा गाडीको चाप कम हुने भएको र काम गर्न सहज हुने भएको हुनाले सामाजिक दुरीलाई कायम गर्दै निर्माणको कार्यलाई तीव्रता दिन आग्रह गर्नुभएको हो । जवाफमा आयोजना प्रमुख मिश्रले सडक निर्माणको काम शुरु गरेको र निर्माणका क्रममा निर्माण सामाग्रीको अभाव भएकोले पहल गर्नुपर्ने बताउनुभयो । सडक निर्माणका लागि क्रसरको गिटी आवश्यक पर्ने हुन्छ सो गिटी मकवानपुरबाट ल्याइने भएकोले आपूर्ति हुन नसकेकोले पहलको आवश्यकता रहेको बताउनुभएको थियो । सरोकार समितिका संयोजक पौडेलले आफूले यसमा पहल गर्ने स्पष्ट पार्नुभएको थियो । यसैबीच संयोजक पौडेलले सहजीकरण गरिदिन बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित संग आफुले आग्रह गरेको र प्रमुख जिल्ला अधिकारीले सामाग्री ल्याउन सिफारिस गर्न तयार रहेको बताउनुभएको छ । त्यसैगरी उहाँले मकवानपुरका प्रमुख जिल्ला अधिकारीसँग पनि आजै यसै विषयमा छलफल गर्नु भएको छ । सरकारले सडक,हाइड्रोपावर लगायतका योजनाहरुलाई अगाडि बढाउने भनिसकेको छ । बर्षात सुरु भएसँगै बजनी,जितपुर,परवानीपुर लगायतका बजारका सडक घाम लाग्दा धूलाम्मे पानी पर्दा हिल्लामे हुने भएको हुनाले निर्माणको काम अगाडि बढाउन आयोजना प्रमुख संग आग्रह गरिएको जितपुर सार्वजनिक सरोकार समितिका संयोजक पौडेलले बताउनुभयो ।

२१ बैशाख २०७७, आईतवार १६:३३  मा प्रकाशित

Write your Comment