कोरोना निको भएर नारायणी अस्पतालबाट ९ जना घर फर्किए

१० जेष्ठ २०७७, शनिबार १७:५६ प्रकाशित

काठमाडौं १०जेठ :
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका ७१ जना कोरोना संक्रमित मध्ये ९ जना शनिबार डिस्चार्ज भइ घर फर्किएका छन् ।
उनीहरुको पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको नारायणी अस्पतालका डा.निरज सिंहले जानकारी दिनुभयो । उनीहरू सगै संक्रमित भएका दुईजनाको दोस्रो रिपोर्ट आउन बाँकी रहेको र रिपोर्ट आएपछि सोही अनुसार गरिने डा.सिंहले जानकारी दिनुभयो ।
डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३/३ जना,बाराका २ जना र एक जना भारतीय नागरिक रहेका छन् ।
शनिबार ९ जना डिस्चार्ज भएसँगै नारायणी अस्पतालमा उपचाररत संक्रमितको संख्या ६२ रहेको छ । अन्य २५ जना संक्रमितको गण्डक कोभिड अस्पतालमा उपचार भैरहेको छ ।

१० जेष्ठ २०७७, शनिबार १७:५६  मा प्रकाशित

Write your Comment