सरोकार समितिद्वारा निजी विद्यालयहरुलाई पुस्तक र पोसाक परिवर्तन नगर्न र मापदण्डविपरीत सञ्चालित उद्योग बन्द गराउन माग

१३ जेष्ठ २०७७, मंगलवार १४:४४ प्रकाशित

बारा १३ जेठ :
जितपुरसिमरा सार्वजनिक सरोकार समितिले केहि निजी विद्यालयहरुले विद्यार्थीको पाठ्यपुस्तक र विद्यालय पोसाक परिवर्तन गर्ने खालका गतिविधि गरेको भन्ने अभिभावकबाट गुनासो आएकोले त्यस तर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै निजी विद्यालयहरुलाई पुस्तक र विद्यार्थी पोशाक परिवर्तन नगर्न आग्रह गरेको छ । सार्वजनिक सरोकार समितिको आज बसेको भिडियो कन्फरेन्स बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना भाइरसको महामारीबाट सिर्जित समस्या र बन्दा बन्दीका कारण अभिभावकको आर्थिक उपार्जनको हरेक बाटो बन्द भएको र बिहान-बेलुका हात मुख जोड्नलाई समेत समस्या भइरहेको अवस्थामा प्याब्सन र एन प्याब्सन केन्द्र तथा जिल्लाले पुस्तक परीवर्तन नगर्न दिएको निर्देशन बिपरीत केहि निजी विद्यालयले विद्यालय पोशाक र पुस्तकको परिवर्तन गर्नु जायज नदेखिने भएको हुनाले कतिपय विद्यालयले गर्न लागेको सो निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ । साथै कक्षा सञ्चालन नभएको अवधिभरको मासिक शुल्क नलिन अनुरोध गरेको जितपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले जानकारी दिनुभयो ।
बैठकले आफ्नो क्षेत्र भित्र रहेका शिक्षण संस्थाको गतिविधि,शुल्क तथा पोसाकका सम्बन्धमा अनुगमन गर्न जितपुरसिमरा उपमहानगरपालिकालाई आग्रह गरेको छ । बैठकले जिल्लामा बढ्दै गइरहेको कोरोना भाइरसको संक्रमणलाई जितपुरसिमरा भित्र सरकारले तोकेको मापदण्ड विपरित सञ्चालन भइरहेका कतीपय उद्योगहरुका कारणले संक्रमण फैलन सक्ने भएकोले यसतर्फ बैठकले गम्भिर चिन्ता जाहेर गर्नूका साथै मापदण्ड विपरीत सन्चालीत उद्योग बन्द गर्न स्थानीय प्रशासनसँग जोडदार माग गरेको सरोकार समितिका संयोजक पौडेलले जानकारी दिनुभयो । बैठकले केहीदिन यता सिमरामा रहेको जगदम्बा स्टिलले सिमरा क्षेत्रलाई नै आक्रान्त बनाउनेगरी प्रदुषण फालेकोप्रति आक्रोश व्यक्त गर्दै तत्काल प्रदुषण फाल्ने प्लान्ट बन्द गर्न र गराउन उद्योग प्रसाशन,स्थानीय सरकार र स्थानीय प्रशासन सँग माग गरेको छ ।
सरोकार समितिका संयोजक मनोज पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा छबिलाल शर्मा,कर्ण थापा,नारायण घिमिरे,राजु राज गिरी,रमेस सापकोटा,पेसल मुल्मी,बिदुर खडकाको सहभागिता रहेको थियो ।

१३ जेष्ठ २०७७, मंगलवार १४:४४  मा प्रकाशित

Write your Comment