नेपाली भूमिमा निर्माण गरेको पुल सञ्चालनमा भारतीय पक्षको अवरोध

१५ जेष्ठ २०७७, बिहीबार २१:४० प्रकाशित

पर्सा१५ जेठ

पर्साको बिकट ठोरीका बासिन्दाले निकै दुःख र सास्ती खेपेर  हिजोबाट संचालनमा ल्याएको ठुटेखोलाको पुलमा भारतीयहरुले फेरी अवरोध सृजना गर्न खोजेका छन ।
चार वर्ष अघि निर्माण भएको पुल संचालनमा भरतीयहरुले अवरोध गर्दै आएता पनि हिजोबाट संचालनमा आएको थियो ।
भारतीय पक्षले पूल निर्माण मा नै धेरै लामो समय सम्म अवरोध सृजना गरेको थियो । भारतले पटक–पटकको अवरोध गरे पनि झन्डै आठ वर्षपछि पर्साको ठोरीस्थित ठुटे खोलामा पुल बनेको हो  ।
पूल निर्माण हुने जमिन भारतको हो भनेर दावी गर्दै भारतले समस्या सृजना गरेको थियो तर पछि अहिले पूल निर्माण भएको स्थानबाट करिब ५०  मिटर दक्षीण सम्म नेपाली सीमा कायम भयो । आफनै सीमामा बनेको पूल संचालनमा पनि भारतीय पक्ष अवरोधक बनिरह्यो ।

पुलको पुर्वपट्टीबाट तीनवटा कुलो निकालिएको छ । एउटा नेपाल तर्फ जान्छ दुईवटा भारत तर्फ जान्छन  ।भारत तर्फ जाने एउटा कुलो पूलको पिलर  संग जोडिएको छ ।

कुलो नपुर्दा पुलको सरचना बिग्रने भन्दै नेपाली पक्ष कुलो पुर्नु पर्ने अडानमा रहेका छन। तर सिचाईको प्रश्न भएकोले दुईवटा कल्भर्ट  मार्फत पानीको निकास गर्ने र भारतीय पक्षले आफनो सीमामा पानी वाडफाँड गर्नु पर्ने सुझाव नेपाली पक्षले दिदै आएको छ ।
भारतको धमौरा र सुभद्राका नागरिकले आफनो अडान नछोडेकै कारण पुल निर्माण भएको चार वर्ष हुदा समेत संचालन भएको थिएन ।

नेपाली पक्षले चार मिटर फराकिले कल्भर्ट हालेर पानीको निकास दिने र भारतीय पक्षले पानी वाँटफाँट गर्नु पर्ने भन्दै पूलको पिल्लरसंग जोडिएको कुलो पुरेर पुल संचालनमा ल्याएका थिए ।

एउटा कुलो पुरेर पूल सम्मको एप्रोच सडक  बनाए पछि आज  भारतीय सिमा सुरक्षा बल ,बिहार प्रहरी र सिमावर्ती स्थानीय भारतीयले कुलो भत्काउन खोजेर पुल सन्चालनमा अवरोध पुर्याउन खोजेका हुन् ।

आज सांझतिर भारतीय सुरक्षाकर्मी सहित उपस्थित भएका भारतीय पक्षले हिजो पुरिएको कुलो भत्काउन खोजेका थिए । नेपाली भूभागमा प्रवेश गरेर भारतीय सुरक्षाअधिकारी सहितको टोलीले,  कुलो खन्न थाले पछि ठोरीबासीले प्रतिकार गरेका थिए ।

नेपाली पक्षले कुलो भत्काउन नदिएपछि भारतीय पक्ष फर्किएको सशस्त्र प्रहरी निरीक्षक दिपक दाहालले जानकारी दिनुभयो ।माथिको आदेश भन्दै कुलो भत्काउन आएका भारतीय पक्ष र ठोरीका स्थानीयबीच केहिबेर भनाभन भएको समेत उहाँले बताउनुभयो ।

ठोरीका स्थानीयले भारतीय पक्ष हतियार सहित नेपाल प्रवेश गरेको बताएपनि सशस्त्र प्रहरी निरीक्षक दाहालले दसगजाभित्र नै भारतीय सुरक्षाकर्मी बसेको र नेपाल प्रवेशगरेकाहरुसंग हतियार नभएको बताउनु भयो  ।

ठूलो संख्यामा भेला भएका नेपाली पक्षले कुलो भत्काउन नदिएपछि भारतीय पक्षले माथीको आदेश भन्दै कुलो सन्चालन गर्न पाउनुपर्ने भन्दै केहिबेर बखेडा गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।नेपाली पक्ष कुलो भत्काउन नदिने अडानमा बसेपछि भारतीय पक्ष अवेरमात्र फर्किएको हो।

ठोरी वडा २ र ३ जोड्ने पुल भारतीयकै विवादको कारण निर्माण सम्पन्न भएको ४ बर्ष  भन्दा बढी समय हुँदा पनि सन्चालनमा आएको थिएन ।नेपालका स्थानीय सरोकारवालाहरुको बैठकले पुल संचालन गर्ने निर्णय गरेसंगै हिजोदेखी पुल सन्चालनमा आएको थियो

१५ जेष्ठ २०७७, बिहीबार २१:४०  मा प्रकाशित

Write your Comment