बाजुरामा कोरोनाकै कारण दुई वर्षीया बालिकाको मृत्यु

१८ जेष्ठ २०७७, आईतवार १५:१२ प्रकाशित

काठमाडौँ १८ जेठ :

कोरोना भाइरस (कोभिड–१९) का कारण बाजुरामा दुई वर्षीया बालिकाको मृत्यु भएको पुष्टि भएको छ । शनिबार राति करिब २ बजे ती बालिकाको मृत्यु भएको थियो ।

बुढीगंगा नगरपालिका–१ घर भएकी २ वर्षीया बालिकाको कोरोना भाइरसको कारण मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पुष्टि गरे ।

८ दिनअघि उनको परिवार भारतबाट आएको थियो । भारतबाट आएका उनीहरुको परिवारलाई बुढीगंगा नगरपालिका–१ घुरालसैना माविको क्वारेन्टाइनमा राखिएको थियो ।

त्यहाँ अवस्था जटिल भएपछि १५ गते साँझदेखि आइसोलेसनमा राखिएको र आइतबार ती बालिकाको मृत्यु भएको हो ।

बालिकाको मृत्यु भएलगत्तै स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको थियो । आइतबार दिउँसो रिपार्ट आउँदा कोरोना पोजेटिभ देखिएको बताइएको छ ।

बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा रहेकी उनकी आमाको रिपोर्ट पनि पोजेटिभ आएको छ। उनका बुवाको भने  रिपोर्ट नेगेटिभ आएको छ ।

१८ जेष्ठ २०७७, आईतवार १५:१२  मा प्रकाशित

Write your Comment