सिमरामा रहेको जगदम्बा स्टिलमा एकजना मजदुरको रहस्यमय मृत्यु ।

२० जेष्ठ २०७७, मंगलवार १४:२८ प्रकाशित

बाराको सिमरामा रहेको जगदम्भा स्टीलमा एकजना मजदुरको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं २ का नारायण साह रहेको जनाइएको छ के कारणले मृत्यु भएको हो सोको अहिलेसम्म खुल्न सकेको छैन । परिवारका सदस्य लाइ घटना स्थलमा जान नदिएको जनाइएको छ । इलाका प्रहरी कार्यालय सिमराका प्रमुख गोविन्द पुरीले मृत्य कसरी भएको भन्ने बिषयमा अनुसन्धान भइरहेको जानकारीदिनुभयो । मृतक साहको कोरोना जाच समेत गर्ने तयारी भइरहेको छ ।

२० जेष्ठ २०७७, मंगलवार १४:२८  मा प्रकाशित

Write your Comment