प्युठानको कारागारमा रहेका एक कैदीको मृत्यु

२९ जेष्ठ २०७७, बिहीबार १०:२० प्रकाशित

प्युठान २९ जेठ :
प्युठान जिल्लाको कारागारमा रहेका एक कैदीको मृत्यु भएको छ ।

कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका स्वर्गद्वारी नगरपालिका–३ का ६९ वर्षीय खगिराम रामजाली घर्तिमगरको उपचारका क्रममा मृत्यु भएको हो ।
एक्कासि मुटु दुख्ने समस्या देखिएपछि उनलाई जिल्ला कारागार खलंगाबाट उपचारका लागि बुधबार जिल्ला अस्पताल बिजुवार पठाइएको थियो ।

रामजालीको उपचारकै क्रममा गएराति १० बजे अस्पतालमै मृत्यु भएको कारागारका प्रमुख सुर्यबहादुर पन्तले जानकारी दिनुभयो ।

उनलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतले १५ वर्ष कैद सजाय सुनाएको थियो । उनी २०७२ साउन १७ गते गतेदेखि कारागारमा थिए ।

रामजालीको शब पोष्टमार्टम पश्चात् आफन्तको जिम्मा लगाइने कारागारले जनाएको छ ।

२९ जेष्ठ २०७७, बिहीबार १०:२०  मा प्रकाशित

Write your Comment