सिमरामा १३ लाखमा सडक निर्माणको काम सुरु

२ असार २०७७, मंगलवार १८:२९ प्रकाशित

बारा २ आषाढ :
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित मुस्लिम टोल जाने सडक ढलान कार्यकाे आज एक कार्यक्रमका बीच प्रदेश सभाका सदस्य सुन्दर बि कले शुरुवात गर्नुभएको छ । बिकको पूर्वाधार बिकास कार्यक्रम अन्तर्गतकाे करिब १३ लाख बिनियाेजित बजेटबाट उक्त सडक निर्माण हुन लागेको हो । सो कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य दिनेश राई, नेकपाका नेता मनोज पौडेल, जितपुर सिमरा उपमहानगरपालिका कार्यपालिका वडा नम्बर ४ का सदस्य अभियान चौधरी,नसिम हुसैन,समाजसेवीहरु बिदुर घिमिरे,पुर्ण चन्द्र तिमल्सिना,श्वराव शेखलगायतको उपस्थिति रहेको थियो । उपभोक्ता समितिका  आलिम हुसैनको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

२ असार २०७७, मंगलवार १८:२९  मा प्रकाशित

Write your Comment