बारा १० आषाढ :
प्रदेश सभा सदस्य सीता गुरुङले बाराको पथलैयामा रहेको प्रहरीचौकीमा कोरोना भाइरस नियन्त्रण तथा नियन्त्रणका लागि हात धुन ५०० लीटरको ट्याकी, सेनिटाइजर,मास्क, ग्लोब, ह्याण्ड वास,साबुन उपलब्ध गराउनुभएको छ । उहाँले उपलब्ध गराउनुभएको सामग्री एक कार्यक्रमका बीच आज प्रहरी कार्यालयका इन्चार्ज आर एम कुशवाहालाइ प्रदेश सभा सदस्य गुरुङले हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा बोल्दै गुरुङले आफू जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको स्पष्ट पार्नुभयो ।सो कार्यक्रममा नेकपाका नेता तथा जितपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल,जितपुर सिमरा उपमहानगरपालिका कार्यपालिका सदस्य सुभद्रा न्यौपाने,वडा सदस्य रामदास ध्वजु, भिमेश्वर वनका अध्यक्ष पेसल मुल्मी,स्थानीय समाजसेवी गोपाल सापकोटा, महिला अगुवा लक्ष्मी आचार्य, पथलैया माबिका प्राचार्य शम्भु मण्डल, युवा अगुवाहरु सुभास श्रेष्ठ, विकास साह लगायतको उपस्थिति रहेको थियो ।