नेकपाको समस्या समाधानको ५ उपाय-केन्द्रीय सदस्य राई

२२ असार २०७७, सोमबार ०८:११ प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा हाल देखा परेको घट्ना क्रमले नेकपाका नेता, कार्यकर्ता, शुभेच्छुकअरु, मतदाताहरु र देश वदेशमा रहनु भएका नेपालीहरुमा गम्भीर चिन्ता र निराशा पैदा गराएकाे यस घडीमा सबैमा धैर्य रहन अावश्यक छ ।
गणतन्त्र शासन व्यस्था स्थापना गर्न ७१ वर्षकाे लामाे त्याग, संघर्ष , हजारौं सहिदहरुकाे जीवनकाे बलिदान पछि नेपाल कम्युनिष्ट पार्टीले सुनाैलाे अवसर प्राप्त गरेकाे हाे ।
गत निर्वाचनमा नेकपा काे कुनै एउटा व्यक्ति काे कारण जनताले मत दिएकाे हाेइन, कम्युनिष्टहरुकाे त्याग र बलिदान तथा नेपाली जनताकाे जीवन स्तर उठाउन सर्वहारा श्रमजीवी वर्ग, जाति, समुदाय, क्षेत्रकाे समग्र विकास छिटाे हाेस भनी नेकपा लाई झण्डै दुई तिहाइ मत दिएका हुन । त्यसैले हामीले भनेकाे उच्च नेतृत्व तहमा वा दुई अध्यक्षहरु वीच देखा परेकाे समस्या समाधान गर्न अावश्यक छ ।
१- नेकपा केन्द्रीय कमिटीकाे दाेस्राे ब‌ैठक बसेकाे ५ महिना ६ दिन भएकाे छ र पार्टीमा पछिल्लो दिनमा संकट देखिएकाे तत्काल केन्द्रीय कमिटीको बैठक बस्नु पर्छ ।
२- एकता बांकी सबै काम यथाशीघ्र टुङ्गोमा पराउनु पर्छ ।
३- पार्टी नेतृत्व ले ठीक काम गर्नु पर्छ र नेकपाकाे नीति अनुसार सरकार प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्छ ।
४- केही दिन देखिएकाे सडक प्रदर्शन पार्टी विखण्डन, विभाजन गर्ने र कुनै एक व्यक्तिलाई देवत्वकरण गर्ने हर्कट भएकाेले तुरुन्तै राेक्नु पर्छ र त्यस्तो गतिविधिमा संलग्नहरुलाई निगरानीमा राख्नु पर्छ ।
५- उपत्यकामा रहनु भएका केन्द्रीय सदस्य कमरेडहरुले पार्टी स्थायी समितिकाे बैठक असार २२ गते हुने भएकाेले पार्टी एकताकाे पक्षमा खबरदारी तथा दवाव कार्यक्रम सञ्चालन गर्नु पर्ने र उपत्यका वाहिरका केन्द्रीय सदस्यहरुले पार्टी एकताकाे पक्षमा विभिन्न तरीकाबाट अभियान सञ्चालन गर्नु पर्छ ।

२२ असार २०७७, सोमबार ०८:११  मा प्रकाशित

Write your Comment