बिधि र पद्धति भनेकाे कम्युनिष्ट आचारण हो।

३२ श्रावण २०७७, आईतवार १७:२४ प्रकाशित

नेकपा अहंकार,घमण्ड, दादागिरी, ईगाे, दम्भ, बलमिचाईले चल्ने हाेइन । नेकपा सल्लाह, सहकार्य, सहमति, परामर्श, विधि, पद्धति र विधान ले मात्र चल्छ र चलाउने हाे ।
यस सन्दर्भमा भन्नू पर्दा विधि र पद्धति कम्युनिष्ट सिद्धान्तको अाधारमा विधि र पद्धति निर्माण गरि परिचालन गर्ने हाे । साथै यी विषयहरु विधान, नियमावली, कार्यविधि, कार्ययोजना, कार्यक्रम सहित उद्धेश्य र अन्तिम लक्ष्य समेत विधानमा व्यवस्था गरिन्छ ।
विभिन्न अन्तर्वार्ता, फेसवुक, ट्विटर, अनलाइन समाचार, लेखहरु, मन्तव्यहरुबाट सृजना भएका वा गराईएका अनगिन्ती भ्रमहरुलाई स्पष्टता पार्नु अाजकाे नितान्त आवश्यकता रहेकाे छ ।
१- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे अन्तरिम विधानकाे प्रस्तावना काे अन्तिम हरफ : ” याे विधान नेकपा (एमाले) र नेकपा (माअाेवादी केन्द्र) वीचकाे एकता पश्चात् गठन भएकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको ३ जेठ २०७५ मा अायाेजित पहिलाे बैठक बाट पारित गरि लागू भएकाे छ । अागामी महाधिवेशनसम्म पार्टीका सम्पुर्ण कामकारबाही यसै विधानअनुरुप सञ्चालन हुनेछन् । पार्टीका सम्पुर्ण सदस्यहरुले यस विधानलाई पालना गर्नेछन् ।”
२- धारा १८: केन्द्रीय कमिटी काे उप धारा (ङ) काे १: आफुमध्येबाट अध्यक्ष सहित पदाधिकारी, सचिवालय, स्थायी कमिटी र पाेलिट्व्युराेकाे निर्वाचन गर्ने ।
त्यसै गरि धारा १८ काे उप धारा (झ) काे ७ अनुसार : दुबै अध्यक्ष ले राष्ट्रिय परिषद्,केन्द्रीय कमिटी, पाेलिट्ब्युराे, स्थायी कमिटी र केन्द्रीय सचिवालयकाे बैठककाे संयुक्त रुपमा वा आफ्नाे अापसी सल्लाहमा दुई मध्ये एक ले वा बैठकमा एकजना मात्र उपस्थित भएमा निजले अध्यक्षता गर्ने । पार्टीका अाधिकारिक निर्देशन वा पत्रचारमा दुबै अध्यक्ष ले वा आपसी सल्लाहमा एक अध्यक्ष ले हस्ताक्षर गर्ने ।
३- धारा ६० ; बहुमतकाे निर्णय- पार्टी निर्णय: धारा ६० काे (क) एकताकाे राष्ट्रिय महाधिवेशन, अधिवेशन र बैठकहरुमा सबै विषयमाथि छलफल गर्दा जनवादी प्रक्रिया अपनाइने छ । निर्णय प्रक्रियामा मत विभाजन भएमा वहुमतकाे निर्णय पार्टी निर्णय हुनेछ ।
विधानकाे यी व्यवस्थाले विधि र पद्धतिको विरुद्धमा काल्पनिक रुपमा सृजना गरिएका भ्रमहरु हुन र कतिपय नेता कार्यकर्ता हरु गम्भीर, सिस्त, मर्यादित रहन र वास्तविकतामा अाधारित हुन अनुराेध छ ।

३२ श्रावण २०७७, आईतवार १७:२४  मा प्रकाशित

Write your Comment