बारा २४ कार्तिक :
शुभदिपावली तथा छठ पर्व २०७७को अवसरमा त्रिशुल युवा क्लव बारा द्वारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ५को बकुलियामा आयोजनामा गरीएको भेट्रान फुटवल प्रतियोगिताको आज एक समारोहका बिच उद्घाटन गरिएको छ । कार्यक्रमको उद्घाटन जितपुर सिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती देवी चौधरी ले गर्नु भएको थियो । कृष्ण चौधरीको सभापतित्वमा सम्पन्न उद्धघाटन कार्यक्रममा बकुलिया कलेजका अध्यक्ष देवनारायण चौधरी, नेकपाका नेता मनोज पौडेल, जितपुर सिमरा नगर उधोग वाणिज्य सङ्घका अध्यक्ष संजय कुमार साह,वडा नम्बर ७का अध्यक्ष रामबाबु गुप्ता, समाजसेवी राजुराज गिरी, दिपेन्द्र चौधरीले शुभकामना व्यक्त गर्नुभएको थियो । प्रतियोगितामा ४० बर्ष कटेका ८ समुहले भाग दिएका छन् । आजको २ वटा खेल हेटौडा बिरगंज र फत्तेपुर बिरगंजका बिचमा बिचमा भएकोमा हेटौडा र बिरगंजले जित हासिल गरेका छन ।