बारा १६ माघ :
शहिद मुखलाल महत्तोको ६७ औ स्मृति शभा बाराको नरहीमा आज सम्पन्न भएको छ । शहिद मुखला स्मृति प्रतिष्ठान नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जेष्ठ व्यक्तित्व पलट प्रसाद चौधरी,पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल,नेकपा केन्द्रीय सदस्य तथा बाराका सह इन्चार्ज डा.गोपाल ठाकुर नेकपा केन्द्रीय सदस्य दिनेशकुमार राई,नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ,नेकपा प्रदेश कमिटी सदस्यहरु छबिलाल उप्रेती,तपेश्वर राय चौधरी,जयराम दाहाल,नेकपा बाराका नेता देवनारायण चौधरी,किशान महासंघ का प्रदेश अध्यक्ष प्रेम बराल,किशान नेता बासु चौधरी लगायतले २०११ सालको किशान आन्दोलनमा शहिद मुखलाल महत्तोको चर्चा गर्नुभएको थियो । प्रतिष्ठानका सदस्य तथा कार्यक्रम तयारी समितिका संयोजक बिजेन्द्र चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममाको सहजीकरण मनोज पौडेल र स्वागत दिनेश चौधरीको रहेको थियो । बाराको बकुलहर निवासी महत्तोको २०११ सालमा किशान आन्दोलनका क्रममा नरहीमा हत्या गरीएको थियो ।